बागलुङ २८ भदौ । बागलुङको गलकोट नगरपालिका २ नरेठाटिको भुङ्खानीमा गाडी दुर्घटना हुँदा ३ जना मृत्यु १ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मध्यपहाडी लोकमार्गमा रा १ झ २०० नं को सरकारी पिकअप गाडी दुर्घटना भएको हो ।
मध्यपहाडि लोकमार्ग अन्तरगत पर्ने उक्त सडकमा बिहान ०८ :४० बजे दुर्घटना भएको हो । गाडि सडक देखि ३०० मिटर तल खसि दुर्घटना हुँदा उक्त गाडीमा सवार मध्य ३ जना यात्रुको मृत्यु भएको छ भने १ जना घाइते भएको हो दुर्घटनामा परी एक जना घाइते लाई धौलागिरी अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय् बागलुङका सुचना अधिकारी विजय यादवले जानकारी दिए ।
