बागलुङ, २ असोज । बागलुङ उद्योग वाणिज्य संघ बागलुङले मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न तथा उपभोग्य सामाग्री हस्तान्तरण गरेको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवस – २)८१ को अवसरमा उक्त सामाग्रीहरू सहयोग गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, २३ नं। बाहिनी बागलुङका सेनानी शालिकराम अर्याल, पत्रकार लगायतका व्यक्तिहरुको उपस्थितिमा सहयोग गरेको संघका महासचिव ऋषिराम गौतमले बताए । बागलुङ उद्योग बाणिज्य संघले गत वर्ष जस्तै यस वर्ष पनि सामाग्री वितरण गरिएको संघका अध्यक्ष नरेश कंडेलले बताए ।
बागलुङ नगरपालिका वडामा नम्बर ३ किनारा टोलमा अबस्थित मानव सेवा आश्रममा जेष्ठ नागरिक अपांग महिला बालबालिका मानसिक सन्तुलन ठिक नभएका करिब ५) जना ब्यक्तिहरूले आश्रय लिएर बसिरहेका छन् ।
आश्रम विभिन्न संघसंस्था समाजसेवी ब्यक्तिहरूले दैनिक रूपमा सहयोग गर्दै आइरहेका छन् ।