Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काठेखोलाको बिहुँमा बनेको स्वास्थ्य चौकी हस्तान्तरण

  • १ वर्ष अगाडि

बागलुङ, ९ असोज । जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले भवन हस्तान्तरण गरेको हो । आयोजना प्रमुख सुनिता श्रेष्ठले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बृहस्पती कँडेललाई हस्तान्तरण गरिन् ।

दुईतले भवनमा सना ठुला ५३ वटा कोठा तयार भएका छन् । मुख्य भवनभन्दा बाहिर अपांगतामैत्री, महिला र पुरुषस शौचालय रहेको भवन निर्माण भएका हुन् । स्वास्थ्यचौकीको स्तरोन्नतीका लागि २०७७ साल बैशाख १ गते भवन निर्माण सम्झौता भएको थियो । १८ महिनामा काम सक्नेगरी बन्दन भगवती, देव एण्ड सयर र तिलक निर्माण सेवाले संयुक्त रुपमा निर्माणको जिम्मेबारी लिएका थिए । पहिलो एक बर्ष प्राबिधिक कारणले निर्माण सुरुनै गर्न नसकिएको र कोरोना लगायतका महामारीका कारण समयमा निर्माण हुन नसकेपछि १८ महिना म्याद थपेर निर्माण सम्पन्न भएको आयोजना प्रमुख श्रेष्ठले बताईन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ६ करोड १२ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । यसअघी जिर्ण भवनबाट सञ्चालनमा रहेको स्वास्थ्यचौकीलाई भवन उद्घाटन पछि नयाँ भवनमा स्थानान्त्रण गरिने वडाअध्यक्ष कँडेलले बताए ।

“भवनको जिम्मेबारी लिएका छौं, स्वास्थ्य मन्त्रीलाई उद्घाटन गराए पछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ” कँडेलले भने “पाँच शैयाको अस्पताल चलाउने योजना हो, जनशक्ति लगायतको व्यवस्थापन पछि मात्रै अस्पताल सञ्चालनमा आउने छ ।” आधुनिक भवनमा सौर्य उर्जा, आगलागी नियन्त्रणका साधनहरु लगायतका संरचना समेत बनेका छन् । भवन निर्माणसँगै बिहुँबासीमा अस्पताल सञ्चालनको आशा पलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com