Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काठेखोलाको बिहुँमा बनेको स्वास्थ्य चौकी हस्तान्तरण

  • ९ महिना अगाडि

बागलुङ, ९ असोज । जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले भवन हस्तान्तरण गरेको हो । आयोजना प्रमुख सुनिता श्रेष्ठले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बृहस्पती कँडेललाई हस्तान्तरण गरिन् ।

दुईतले भवनमा सना ठुला ५३ वटा कोठा तयार भएका छन् । मुख्य भवनभन्दा बाहिर अपांगतामैत्री, महिला र पुरुषस शौचालय रहेको भवन निर्माण भएका हुन् । स्वास्थ्यचौकीको स्तरोन्नतीका लागि २०७७ साल बैशाख १ गते भवन निर्माण सम्झौता भएको थियो । १८ महिनामा काम सक्नेगरी बन्दन भगवती, देव एण्ड सयर र तिलक निर्माण सेवाले संयुक्त रुपमा निर्माणको जिम्मेबारी लिएका थिए । पहिलो एक बर्ष प्राबिधिक कारणले निर्माण सुरुनै गर्न नसकिएको र कोरोना लगायतका महामारीका कारण समयमा निर्माण हुन नसकेपछि १८ महिना म्याद थपेर निर्माण सम्पन्न भएको आयोजना प्रमुख श्रेष्ठले बताईन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ६ करोड १२ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । यसअघी जिर्ण भवनबाट सञ्चालनमा रहेको स्वास्थ्यचौकीलाई भवन उद्घाटन पछि नयाँ भवनमा स्थानान्त्रण गरिने वडाअध्यक्ष कँडेलले बताए ।

“भवनको जिम्मेबारी लिएका छौं, स्वास्थ्य मन्त्रीलाई उद्घाटन गराए पछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ” कँडेलले भने “पाँच शैयाको अस्पताल चलाउने योजना हो, जनशक्ति लगायतको व्यवस्थापन पछि मात्रै अस्पताल सञ्चालनमा आउने छ ।” आधुनिक भवनमा सौर्य उर्जा, आगलागी नियन्त्रणका साधनहरु लगायतका संरचना समेत बनेका छन् । भवन निर्माणसँगै बिहुँबासीमा अस्पताल सञ्चालनको आशा पलाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com