Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कबड्डी प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ र कालिका कन्यालाई

  • ९ महिना अगाडि

बागलुङ, ९ असोज । खुल्ला विद्यालय स्तरीय कबड्डी प्रतियोगिताको उपाधि छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्गलिस् बोडिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर माध्यमिक विद्यालयले जितेका छन् ।

जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा भएको प्रतियोगितामा मंगलबार फाइनल खेलमा छात्रतर्फ चिल्ड्रेन लाईफले कालिका कन्या माध्यमिक विद्यालयलाई र छात्रातर्फ कालिका कन्या माध्यमिक विद्यालयले प्रिसियस एकेडेमीलाई पराजित उपाधि जितेको चुमेका हुन् ।

छात्रतर्फको विजेता चिल्ड्रेन लाईफले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता कालिका कन्याले नगद १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै छात्रतर्फको विजेता कालिका कन्याले नगद १० हजारसहित ट्रफी, मेडल र उपविजेता प्रिसियसले नगद ५ हजारसहित ट्रफी, मेडल प्राप्त गरेका छन् । सोमबारदेखि सुरु भएको प्रतियोगितामा छात्रतर्फ १४ विद्यालय र छात्रातर्फ १२ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेता र उपविजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्मा, जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सुवेदीले अध्ययनसंगै खेलकुद क्षेत्रमा पनि बिद्यार्थीहरुको उत्साह हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तको अध्यक्षता र सुरेन्द्र शाक्यको संचालनमा सम्पन्न भएको थियो । -खबरवे डटकमबाट साभार

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com