बागलुङ , १५ असाेज । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले आज भएको बहसबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
१६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार बुझाएको थियो ।
इजालश अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबारनै सकिएको थियो ।
मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालको भनाई छ ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । सहकारीका बचतकर्ताको रु. दुई अर्बबचत रकम हिनामिना गरी २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए । यस्तै उनीसंगै पक्राउ परेका ओम प्रसाद दर्जीलाई रु. एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ