Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धारा बनेको तीन वर्ष हुँदा समेत पानी आएन

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ ,४ कार्तिक । बागलुङ नगरपालिका–१ रामरेखा खनिया बासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन बर्षदेखि घर–घरमा खानेपानीका धारा बनेपनि पानी नआएको माझी समुदायले गुनासो गरेका छन् । वर्खामा जेनतेन पानीको गुजारा चलेपनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् ।

सिमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्नका लागि तीन वर्ष अघि रु. ३० लाख खर्चेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो ।

आयोजनाको पूर्वाधार निर्माणपछि एक पटक धारामा बालुवा सहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताउनुभयो । उहाँले तीन वर्षदेखि दैलोको धारामा पानी नआएको बताउनुभयो ।

२०४८ सालमा बागलुङ पोखरा सडक खण्ड विस्तारको क्रममा विस्थापित माझी समुदायहरुलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखा स्थित कालीगण्डकी किनारामा ६ वर्ष अघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो ।

त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भएपनि पानी आउन नसकेको हो । १७ घर परिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारा मात्रै रहेको छ ।

उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको गमिला माझीको भनाई छ । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्ष अधिनै सकिएको, ट्याङ्की र धारो लगायतको पूर्वाधार निर्माण भइसकेपनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताउनुभयो । १७ घरको बाहिर धारा बनेपनि उक्त धारा अहिले प्रयोग बिहिन बनेका छन् ।

“घर अघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर धारमा पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दो रैनछ, एक पटक कालीगण्डकीको लेदो सहितको पानी धारामा आएको थियो, त्यसपछि पानी आएको थाहा छैन” माझीले भन्नुभयो “अहिले बैकल्पिक रुपमा नाङ्लीवाङ्को पानी खान्छौं, एउटा पाइपमा आएको पानी १७ घरमा पु¥याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ ।”

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भएपनि पानी आउन नसकेको हो । एक घर एक धारा पु¥याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु. ३० लाख खर्च भइसकेको छ । तर माझी बस्तीको घरमा पानी बिनाकै धारो ठडिएको तीन बर्ष भइसकेको छ ।

माझी समुदायले दैलोमा खानेपानीको धारो बनेको तीन वर्ष वित्दा समेत खानेपानी नआएको दुखेसो गरेका छन् । कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्ट मार्फत करिब ५०० मिटर माथी तानेपछि एकिकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पनन भएपनि पानी आउन नसकेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपनि स्थानीयलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

उहाँले स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएकोे बताउदै प्राविधिक पढाएर खानेपानी सुचारु गर्ने जानकारी दिनुभयो । उहाँले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मत संभार गरेर आयोजना मार्फत पानी सुचारु गर्ने बताउनुभयो । उहाँले माझी समुदालये लिफ्ट मार्फत पानी तान्दा खर्चिलो भएको गुनासो गरेको बताउनुभयो ।

“स्थानीयको समेत समन्वय आवश्यक छ, पानीको सफल परिक्षण भइसकेको थियो त्यसपनि पानी किन आएन भन्ने विषयमा प्राविधिक पठाउछौं, माझी समुदायले समेत पानी नआएको विषयमा कार्यालयमा जानकारी दिन आवश्यक थियो ।”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

बागलुङमा मेयर कप हुँदै

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com