बागलुङ, ७ कार्तिक । बागलुङमा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी छिन् ।
बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका ३० वर्षीय हिमाल परियारले १९ वर्षीय श्रीमती अन्जु परियारलाई बन्चरो प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवका अनुसार गत ४ गते आईतबार दिउँसो साढे १२ बन्चरो प्रहार गर्दा श्रीमती अन्जुको टाउँकोमा चोट लागेको छ अहिले घाईते अन्जुको विर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ भने उनकाेको अवस्था गम्भीर रहेको डिएसपि यादवले जानकारी दिनुभयो ।
घर नजिकै गोरेटो बाटोमा श्रीमतीलाई बन्चरो प्रहार गरेपछि हिमालले आफुलाई पनि टाउँकोमा बन्चरो प्रहार गरेको डिएसपि यादवले बताउनुभयो । हिमालको अवस्था सामान्य रहेको जनाइएको छ ।
श्रीमान हिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार जिल्ला अदालत बागलुङबाट म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको प्रहरीले बताएको छ । घरयासी विवादको कारणले बन्चरो प्रहार गरेको प्रारम्भक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको डिएिसपि यादवले जानकारी दिनुभयो