Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गाजाको दहमा सिद्ध बराह श्रीमदभागवत ज्ञान महायज्ञ हुने

  • नेपाल सञ्चार
  • ७ महिना अगाडि

बागलुङ ८ कात्तिक । बागलुङको जैमिनी नगरपालिका ३ स्थित गाजाको दहमा गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको दहको आयोजनामा आगामि मंसिर ८ गतेदेखी १४ गतेसम्म गाजा दह सिद्ध बराह श्रीमदभागवत ज्ञान महायज्ञ २०८१ हुने भएको हो ।
सिद्ध बराह मन्दिरको पुननिर्माण गरि दिर्घकालिन गुरुयोजना बनाएर धार्मिक र ऐतिहाँसिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने, गाजाको दहको संरक्षण गर्दै ताल परिषरमा सिद्ध बराह भगवानको पूर्णकदको मूर्ति निर्माण गर्ने लगाएतका उद्देश्यले ज्ञान महायज्ञ २०८१ संचालन गर्न लागिएको वडा अध्यक्ष कृष्ण भुजेलले जानकारी दिनुभयो ।
मंसिर ८ गते दिउँसो १ बजे भजनकिर्तन, बाजागाजा, शोभा यात्रा गरि ज्ञान महायज्ञको उद्घाटन गरिने, ९ गतेदेखि हरेक दिन बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म पाठपरायण, २ बजेदेखि ५ बजेसम्म कथा प्रवचनका साथमा हरिनाम संकिर्तन, झाँकी, आरती र प्रसाद बितरण गरिने उहाँले बताउनुभयो ।
बागलुङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मंसिर १५ गते प्रमुख बाचकबाट बालाचर्तुदशीको अवसरमा शतबीज छर्ने कार्यक्रमको शुभारम्भ पनि गरिने बताउनुभयो । ज्ञान महायज्ञको प्रमुख बाचकमा भागवत प्रखर युवा पण्डित आचार्य शिवदक्त रेग्मी र बिशिष्ट बाचकको रुपमा युवा बिद्धुवान डाक्टर धुर्व सापकोटा रहने जानकारी दिनुभयो ।
उहाँले ५ सय भन्दा माथि सहयोग गर्ने सहयोगदाता अर्थात दानविरलाई रकम अनुसारको सम्मानपत्र प्रदान गरिने र उनिहरुलाई प्रत्येक दिन बाजागाजा सहित सम्मान गर्ने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो ।
सिद्ध बराह मन्दिर संरक्षण समितिका अध्यक्ष लोकबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख होमनाथ शर्मा सापकोटा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा र साँस्कृतिक संयोजक टेकबहादुर केसी संगमले मंतव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन संचारकर्मी दिलिप प्रतेलले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

कालीगण्डकी करिडोर अवरुद्ध

शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

ताजा समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

ट्रेन्डिङ

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com