Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभा मंसिर २२ गते

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभा यही मंसिर २२ गते बागलुङ बजारमा हुने भएको छ। शुक्रबार बागलुङ बजारमा बसेको कार्यसमितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको प्रमुख आथित्यतामा बैठक आयोजना गरिएको थियो ।

बैठकले साधारण सभाको लागि प्रगति प्रतिवेदन महासचिव गोकुल कँडेललाई र आर्थिक प्रतिवेदनको लागि कोषाध्यक्ष मनकाजि विश्वकर्मालाई जिम्मेवारी प्रदान गरेको छ ।

बैठकले सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माण गरेको छ ।

साथै बैठकले सदस्यता वितरण अभियान सञ्चालन गर्ने, सबै पालिकाहरुबाट प्रतिनिधि र पर्यवक्षेक छनौट र पालिकाहरुमा साधारण सभा आयोजन गरेर नयाँ कार्यसमिति निर्माण गर्ने, महिला व्यवसायीहरुलाई संगठित गरी आय आर्जनको कार्य गर्ने, कर, भ्यात, वस्तुको गुणस्तर संम्बन्धी अभिमुखीकरण, वित्तीय संस्था र तीन तहको सरकारबाट उद्योगी व्यवसायीहरुले पाउने सेवा सुविधाको बारे जानकारी दिन तालिम आयोजना गर्ने निर्णय गरिएको छ ।

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष चोखालले बैठकलाई सम्वोधन गर्दै व्यापार संगठनको नेतृत्व मुख्यत साना, मझौला उद्योगी र आम व्यवसायीको हितमा क्रियाशिल हुनु पर्ने बताउनु भयो ।

अर्थतन्त्र सुस्त भएको बेला बजारलाई चलायमान गराउन संघर्ष गरि रहेका उद्योगी व्यवसायीहरुलाई प्रोत्साहित गर्न सरकारले राहतको कार्यक्रम ल्याउनु पर्ने उहाँको भनाई थियो ।

यसको लागि व्यवसायीलाई हतोत्साहि बनाउने कानुनी अड्चन हटाउन, बैंकको कर्जा नीतिमा सुधार गर्न र उद्योगी व्यवसायीहरुले तिनै तहको सरकारबाट विभिन्न छुटको व्यवस्था गर्न उहाँले माग गर्नु भयो ।

नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरेले व्यापार सगठनको नेतृत्वले आम उद्योगी व्यवसायीको समस्या पहिचान गर्न र बागलुङको उद्योगी व्यवसायीको मनोबल उच्च हुने गरि कार्य गर्नु पर्ने बताउनु भयो ।

बजार र गाउँका आम व्यवसायीहरुले विभिन्न तरीकाले खेप्नु परेको हैरानी र दुखलाई हटाउन सबै एकतावद्ध भएर त्यसको समाधान लागि लाग्नु पर्ने बताउनु भयो ।

बैठक नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष प्रकाश पौडेलको स्वागत र महासचिव गोकुल कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com