Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीका यातायातमन्त्री केसीको बागलुङको ट्रायल सेन्टरमा छ्ड्के

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि

बागलुङ, ५ मंसिर ।  गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार बागलुङ नगरपालिका वडा नं. १ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका हुन् ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन परीक्षा प्रणालीलाई सरल र गुनासो नआउने गरी परीक्षा चलाउन यातायात कार्यालयका निमित्त प्रमुख अशोक घिमिरे र ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेलाई मन्त्री केसीले निर्देशन दिए ।
उनले प्रयोगात्मक परिक्षा स्थलमा खटिएका यातायात व्यवस्था कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख घिमिरे, ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख न्यूरे र अन्य कर्मचारीलाई पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्न निर्देशन दिए ।
मन्त्री केसीले सीसीटिभी फुटेज एक महिनासम्म रेकर्ड राख्ने, भीडभाड नगर्ने, परीक्षा स्थललाई सफा राख्ने र परिक्षार्थीले मनोबल उच्च रहनेगरी परीक्षा दिने वातावरण मिलाउन कर्मचारी र ट्राफिक प्रहरीलाई आग्रह गरेका थिए । मन्त्री बनेको दुई महिना मन्त्रालयको काम कार्बाहीको अवस्था बुझेपछि मन्त्री केसी फिल्ड भिजिटमा निस्कन थालेका छन् । तिहार बिदा सकिएपछि मन्त्री केसी जिल्लाका ठूलो लगानीका पूर्वाधार निर्माण र यातयात क्षेत्रमा भएको समस्याको पहिचानका लागि निस्कन थालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com