बागलुङ । बिमा प्राधिकरणले पत्रकारलाई बिमाको विषयमा जानकारी गराउदा नागरिकसँग सूचना पुग्ने जनाएको छ । बागलुङमा बिमा सम्बन्धी पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र पत्रकारलाई बिमा सम्बन्धी ज्ञान हुन आवश्यक रहेको जनाएको छ ।
नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशको आयोजनमा पत्रकारलाई जीवन बिमा र निर्जिवन बिमाको विषय फाइदा र आवश्यक कानुनी प्रावधानको विषयमा जानकारी गराइएको थियो ।
बिमा भुक्तानीको झन्झटिलो प्रक्रियाले नागरिक समस्यामा परेको बताउदै सरल प्रकारले भुक्तानी दिन आवश्यक रहेको बताएका छन् ।
पशुपन्छी तथा बाली बिमाको कार्यक्रमलाई बिमा कम्पनीहरुले गाउँमा पु¥याउन नसकेको पत्रकारहरुले प्राधिकरण समक्ष गुनासो राखेका थिए ।
कार्यक्रममा बिमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालले बिमाको फाइदाका विषयमा नागरिकलाई सचेतना बनाउनका लागि पत्रकार र स्थानीय तहकार जनप्रतिनिधिलाई अभिमुखिकरण गरिएको बताउनुभयो ।
पत्रकारमार्फत एकै पटक ठूलो समुहमा सत्य सूचना पु¥याउन सकिने भन्दै वार्षिक रुपमा पत्रकारलाई बिमा सम्बन्धी जानकारी दिन थालिएको दाहालले बताउनुभयो ।
कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक सुदिप गिरीले बीमाको आवश्यकता र चुनौतीबारे सहजीकरण गर्नुभएको थियो । उहाँले बीमाको महत्व, बिमालाई ग्रामीण क्षेत्रमा पहुँच बढाउने, आर्थिक क्षति न्यूनीकरणको पूर्वतयारी, लघु बिमा र कृषि बिमा लगायतको विषयमा जानकारी गराउनुभयो ।
विपदबाट हुने क्षति न्यूनीकरण, बिमा कम्पनीबाट कोही पीडित भएमा जिल्ला अदालत सरहको कानुनी उपचार पाउने प्राधिकरणको व्यवस्थाबारे पनि जानकारी गराउनुभएकोे थियो ।
नेपालमा अहिले १४ वटा जीवन बिमा, १४ वटै निर्जीवन बिमा, ७ वटा लघु बिमा र २ वटा पुर्नबिमा कम्पनीले काम गरेको बताउदै बिमा कम्पनीको आधिकारिकता विषयमा जनता सजग हुन जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले बिमा दुर दराजमा पुग्न नसकेको भन्दै प्राधिकरणले कम्पनीलाई अंकुश लगाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालको अध्यक्षता, सहायक निर्देशक सुन्दर प्रसाद शर्माको सञ्चालन र बलराम लामिछानेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।