Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पत्रकार महासंघ गण्डकीमा दुई समुहको मनोनयन

  • ६ महिना अगाडि

यही मंसिर २८ गते सम्पन्न हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत सोमबार महासंघको प्रदेश समितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन सम्पन्न भएको छ । यसैक्रममा गण्डकीमा केन्द्रमा जस्तै दुई प्यानलको उम्मेदवारी दर्ता भएको छ ।
प्रेस युनियन र प्रेस चौतारीको समीकरण अनुसार गण्डकी महासंघको अध्यक्ष पदमा युनियनका तर्फबाट रमेश पौडेल र प्रेस सेन्टरसहित विभिन्न संगठनबाट गोबिन्द सुवेदीले मनोनयन दर्ता गरेका छन् । सुवेदी यसअघि महासंघ गण्डकीको महासचिव थिए ।

यसैगरी उपाध्यक्ष खुलातर्फ भने घनश्याम पाण्डे, प्रकाश पौडेल र यदुनाथ बन्जारा गरी ३ जनाको उम्मेदवारी परेको छ । पौडेल युनियन र चौतारी टिमबाट उम्मेदवार बनेका हुन् । पाण्डे सेन्टर र बन्जारा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार रमेश विष्ट निकटका हुन् । बन्जारा यसअघि प्रदेश महासंघकै सचिव थिए । त्यस्तै महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियारको उम्मेदवारी परेको छ । सचिव खुल्लातर्फ ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीतर्फ रामबहादुर घले परियार र रोशनी गुरुङको मनोनयन दर्ता भएको छ । यसैगरी कोषाध्यक्षतर्फ अग्नीधर लुइटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै खुला सदस्यतर्फ श्रीकृष्ण सिंग्देल, गणेश पहारी, छबिलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुबेदी, बिजय नेपाल, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाको उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यतर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीले मनोनयन गरेका छन भने सदस्य (दलित) तर्फ अमितकुमार विश्वकर्मा र विजय नेपाली उम्मेदवार बनेका छन् । सदस्य (आदिवासी जनजाती) तर्फ तिलप्राद पुन (तिलक पुन), पदम श्रेष्ठ र मन्जुल शाक्य, सदस्य (अल्पसंख्यक) तर्फ सुन्दरकुमार थकालीको मात्र उम्मेदवारी परेको छ ।

२१ सदस्यीय प्रदेश महासंघमा १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, २ सचिव र १ कोषाध्यक्ष गरी ७ पदाधिकारी निर्वाचित हुनेछन । यसैगरी ५ खुला सदस्य, ३महिला सदस्य, २२ आदिवासी र मधेशी सदस्य र ११दलित, अल्पसंख्यक सदस्य गरी १४ जना निर्वाचित हुनेछन ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख (कुन पालिको कति )

नेपाल प्रेस युनियनको पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला

ताजा समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

ट्रेन्डिङ

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com