बागलुङ, २८ मंसिर । नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल निर्वाचित भएका छन्।आज भएको मतदानबाट ४६ मतसहित थापा विजयी भएका हुन्।
थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरेका छन्। प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानलका तर्फबाट थापा र प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यालनबाट आचार्यले बुधवार उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ बागलुङको इतिहासमा थापा तेस्रो पटक चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएका हुन्।
यसअघि महासंघ बागलुङको अध्यक्षको लागि भएको निर्वाचनमा राजेशचन्द्र राजभण्डारी र मुकेशचन्द्र राजभण्डारीले चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका थिए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापना विसं २०५७ सालमा स्थापना भएको थियो ।
साथै पत्रकार महासंघ बागलुङको उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित भएका छन् । आचार्यका निकटतम प्रतिद्वन्द्वी किरण आचार्यले २५ मत प्राप्त गरेका छन्।यस्तै महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी भएकी छिन् ।
पन्तकी निकटतम प्रतिद्वन्द्वी पवित्रा बुढाले १८ मत प्राप्त गरेकी छिन्। यसै गरी सचिवमा नारायण रिजाल ४० मतले विजयी भएका छन् । रिजालका निकटतम प्रतिद्वन्द्वी विजय रानाले २८ मत प्राप्त गरेका छन्।
सहसचिव खुल्लामा डम्बर बुढा मगरले ४३ मत प्राप्त गरका छन् । मगरका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र विश्वकर्माले २५ मत प्राप्त गरेका छन् । समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत भएका छन् । कोषाध्यक्षमा खेमराज गौतम सुवास ४९ मतले विजयी भएका छन् ।
गौतमका निकटतम प्रतिद्वन्द्वी सुमन सुनारले १९ मत प्राप्त गरेका छन् । सदस्यहरुमा अर्जुन कार्कीले ४८ मत, प्रदिप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, वालकृष्ण सुवेदीले ४० मत प्राप्त गरेका छन् । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भएकी छिन् ।
यसै गरी दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाती सदस्यमा संगम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
यसै गरी केन्द्रीय परिषद महिला सदस्यमा कोपिला कँडेलले ४६ मत विजयी भएकी छिन् । यसै गरी केन्द्रीय परिषद खुल्ला सदस्यमा दिलिप पौडेले ३९ मत ल्याएर निर्वाचित भएका छन् ।
प्रदेश परिषद सदस्यहरुमा कृष्ण आचार्यले ५० मत, सुवाश राज पन्तले ४७ मत, खिमबहादुर कार्कीले ४४ मत, चन्द्र गणेश पौडेलले ४२ मत प्राप्त गरेका छन् । यसै गरी प्रदेश परिषद सदस्यमा लक्ष्मी परियार निर्विरोध भएकी छिन् ।