Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भारतीय पर्यटकलाइ नम्बर प्लेटका आधारमा दुःख नदिन डिआइजी आचार्य निर्देशन्

  • ६ महिना अगाडि

रौतहट, ३० मंसिर। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्।

 

डिआईजी आचार्यले भारतीय पर्यटकहरूले प्रत्यक्ष रूपमा सहज महसुस हुनेगरी प्रहरीलाई काम गर्न निर्देशन दिएका छन्। ‘प्रहरीले गलत नियतले भारतीय पर्यटकले चढेका सवारी साधन चेकजाँच गर्ने छैन । यदि कसैले नियोजित रूपमा दुःख दिएको पाइएमा कडा कारबाही गरिनेछ,’ डीआईजी आचार्यले भने ।

पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र होटेल तथा पर्यटन व्यवसायी सङ्घ पर्साको सह आयोजनामा वीरगञ्जमा आयोजित “पर्यटन सुरक्षा र प्रवर्द्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा डिआईजी आचार्यले भारतीय नम्बर प्लेटका सवारी साधनमा प्रहरीबाट कुनै किसिमको अवरोध नहुने बताएका हुन् ।

 

कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेसमा पर्यटन प्रवर्द्धनका लागि ठोस योजना ल्याइने प्रतिबद्धता जनाएका थिए भने कार्यक्रममा होटेल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्यटन व्यवसायीहरूले भोग्नुपरेका समस्यामाथि प्रकाश पार्दै समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका थिए ।  पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले पर्यटक प्रहरीले गरेका कामबारे जानकारी दिँदै पर्यटकहरूसँग सम्बन्धित एउटा डकुमेन्ट्रीको प्रदर्शन गरेका थिए ।

कार्यक्रममा ठोरी गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल,हान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान, होटेल व्यवसायी सङ्घ पर्साका वरिष्ठ उपाध्यक्ष विद्यालाल प्रसाद साह, महासचिव माधव बस्नेत, र होटेल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय सदस्य हिरा श्रेष्ठको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com