Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दुर्गम मानिएको रायडाँडा सडक संजालले सुगम बन्दै

  • ११ महिना अगाडि

बागलुङ , १ पुस । बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ। यहाँ २०६० सालमा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा पर्छ।

हाल यहाँको बस्ती–बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पु¥ याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ। हाल १९ किमी सडक पक्की बनाउन दुई चरणमा ठेक्कामार्फत ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो ।

अदालत–चौपारी–गौँडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडकअन्र्तगत हाल रायडाँडासम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदैछन्। पहिलो चरणमा छ महिना अघिदेखि ३० करोड लागतमा भकुण्डेसम्म १५ किमी सडक र हाल भकुण्डे खण्डको चार किमीमा काम शुरु भएको छ।

यस्तै दोस्रो चरणमा भकुण्डेको शौर्यदेखि बागलुङ नगरपालिका– ११ रायडाँडाको वडा कार्यालयसम्म चार किमि सडक स्तरोन्नतीका लागि १० करोड लागतमा ठेक्का सम्झौता निर्माण व्यवसायी काममा फर्केको छ।
छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडा जस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

बहुवर्षीय आयोजनाअन्तरगत दोस्रो खण्डमा गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयअन्र्तगत काम भइरहेको छ। वैशाखदेखि काम शुरु गरेका निर्माण व्यवसायीले तित्याङ खण्डमा ६ किमी सडक चौडा बनाइसकेको छ भने बागलुङ बजारको अदालत चौपारीदेखि सडक चौडा पार्ने, ग्याबिन लगाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको बिडारी निर्माण सेवाका सञ्चालक ध्रुव बिडारीले जानकारी दिनुभयो।

आर्थिक वर्ष २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता भएकामा सडकको पहिलो खण्डमा हाल कामले गति लिएको छ।

ट्रयाक खोलेको २० वर्षसम्म स्तरोन्नति हुन नसकेको सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीय पनि उत्साहित भएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

बागलुङमा मेयर कप हुँदै

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com