Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा उत्पादन भएको किबी बुटवल, पोखरा,काठमाडौंसम्म निर्यात

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ ११ पाैष । अन्य जिल्लामा किबी खेतीले बजार र मूल्य नपाएको कृषकहरुले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ ।

यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटी लगायतको स्थानमा उत्पादन भएको किबी निर्यात हुन थालेको छ । मुल्यमा गिरावट आएपनि किबी निर्यात भइरहेको किसानको भनाई छ ।

बागलुङमा उत्पादन भएको किबी  बुटवल, पोखरा,काठमाडौं लगायतका स्थानमा निर्यात भइरहेको छ ।

विदेशमा समेत प्रशस्त रुपमा उत्पादन हुने किबी बहुगुणी फल मध्यको पर्दछ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किबी बुटवल र काठमाण्डौ पुगेको छ ।

उहाँले किबी बिक्री गर्न थालेको दुई वर्ष भएको छ । कँडेलको १२ रोपनी क्षेत्रफलमा किबी खेती छ ।

यस्तै बागलुङको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछाने, बागलुङ नगरपालिका–९ का वडा अध्यक्ष राजु थापाले समेत यस वर्ष किबी बजारमा पठाउनुभएको छ ।

एक पटकको लगानीले वषौंसम्म आम्दानी दिने बहुगुणी फल किबी प्रति बागलुङका किसानको आकर्षण छ ।

मूल्य सस्तो भएपनि पोखरा, काठमाण्डौ, बुटवल तथा नारायणगढसम्म किबी निर्यात भइरहेको बागलुङका किबी किसानको भनाई छ ।

यस वर्ष एक हजार केजी किबी काठमाण्डौ लगायतको ठूला शहरमा बजारीकरण गरेको किबी किसान खिमानन्द कँडेलले जानकारी दिनुभयो ।

किबीको मूल्य क्रमश घड्दै गएपनि उत्पादन बढ्दै गएको कँडेलको भनाई छ । प्रतिकेजी ३०० मा विक्री हुँदै आएको किबीले क्रमश बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् ।

पछिल्लो समय बसाई सराईका कारण बाँझो जग्गा बढ्दै गएको खेतीयोग्य अन्य जग्गामा समेत काम गर्ने जनशक्ति अभाव भइरहेको सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ ।

किबीको उत्पादन बढेपछि ६०० पर्ने किबीको मुल्य भने घटेर ३०० प्रति केजीमा मूल्य झरेको भएपनि नेपालका ठूला शहरमा किबीको माग रहेको वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

केही वर्ष पहिलासम्म आयात गरेको किबी विक्री गर्दै आएका बागलुङका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ–गाउँमा उत्पादन भएको किबी विक्रि गर्न भ्याइनभ्याई भएको बताउछन् ।

निसीखोला गाउँपालिका–४ स्थित लिला घर्तीले १२ रोपनी क्षेत्रफलमा उत्पादन गरेको किबी सोझै बुटवल पुगेको बताउनुहुन्छ । एक पटक गरेको लगानीले वर्षौसम्म उत्पादन दिने घर्तीको भनाई ।

किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकी लगायतका विरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com