बागलुङ, १७ पुष । बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप बानपा ८ सिगानालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री चम्पादेवि खड्काले अवको ध्यान सामाजिक विकासमा जानुपर्ने बताउनुभएको छ । स्वास्थ्य, शिक्षा र सचेतनाका लागि आवको ध्यान जान आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले नेपालको शिक्षा बालमैत्री र गुणस्तरीय हुनुको साथै स्वदेशमै रोजगारी सिर्जना गर्ने खालको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरि रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिृकत हरिदत्र् कँडेल, कार्यक्रममा बानपा २ का वडा अध्यक्ष सुरज बोसेल, बिद्यालय व्यवस्थापन समिति गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापा, पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’, शिक्षक भद्रबहादुर कार्की, सम्मानित व्यक्ति डाक्टर धनबहादुर खड्का, वडा बालसञ्जालका अध्यक्ष सिजन ओली लगाएतले मंतव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा सिगानामा जन्मिएर डाक्टर, इन्जिनियर, कलकार, पत्रकार, प्रध्यापक भएकाहरुलाई सम्मान पनि गरिएको थियो । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा अध्यक्ष छमबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । घोषणा पूर्व स्थानीयवासी, जनप्रतिनिधी, बिद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागीतमा भजन किर्तन, पञ्चेवाजा, झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो ।
कार्यक्रम वडा अध्यक्ष छमबहादुर कार्कीको अध्यक्षता, वडा सदस्य वेदबहादुर क्षत्रीको स्वागत र शिक्षासेवी गोपालकुमार शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।