Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जनमत मावि ४४ वर्षमा, शिक्षा विकासको मेरुदण्ड हो : स्वास्थ्यमन्त्री मन्त्री पाठक

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ २२ पुस । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विकासको पहिलो मेरुदण्ड भनेकै शिक्षा भएको बताएका छन । उनले अहिलको आवश्यकता भनेको समय अनुकूल व्यावहारिक शिक्षा रहेको हुँदा विद्यालयस्तरमा यसलाई पनि जोड दिनुपर्ने बताए ।
बागलुङ नगरपालिका १३ पैयुँपाटा बास्कोटमा रहेको जनमत माध्यमिक विद्यालयको ४४औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री पाठकले समय अनुकूल व्यवहारिक शिक्षा प्रदान गर्नु राज्यको दायित्व भएको उल्लेख गरे ।
शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल प्राप्त नभएको गुनासो गर्दै मन्त्री पाठकले विद्यार्थी शिक्षक र अभिभावकले राज्यको लगानीलाई खेर जान नदिन आग्रह गरे । पाठकले सामुदायिक विद्यालयको संस्थागत विकासका निम्ती विद्यालयमा समुदायको पनि उत्तिकै दायित्व भएको बताए । ‘हाम्रा सामुदायिक विद्यालय निजी विद्यालयसँग प्रतिस्पर्धी मात्र हैन अब्बल बनाउनुपर्दछ पाठकले भने,—‘विद्यालयलाई अब्बल बनाउने हात भनेकै शिक्षक र विद्यार्थीको मात्र हैन समुदायको पनि हुन्छ यसमा सवैले साथ दिन आवश्यक रहेको छ । उनले पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्कदै गएकोमा चिन्ता व्यक्त गरे । पाठकले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सवै तहको निरन्तर सहयोग आवश्यक रहेको बताए । उनले विद्यार्थीले अध्ययन अनुसन्धानलाई नियमित ध्यान दिन जरुरी रहको भन्दै असल र अब्बल हुुन सवैले सिक्नुपर्ने बताए ।
पाठकले गण्डकी प्रदेश सरकारले सवै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. १२ का वडा अध्यक्ष कोपिलामणी शर्मा, नेकपा माओबादी केन्द्र पैयुँपाटाका अध्यक्ष रेशमबहादुर खत्री, विद्यालयका संरक्षक एकनाथ रेग्मी, गणेश माध्यामिक विद्यालय नारायणस्थानका प्रधानाध्यापक एकनाथ रिजाल, विद्यालयका संस्थापक एवं सल्लाकार नरप्रसाद रिजाल लगायतले बोलेका थिए ।
बार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्यापन गर्ने उत्कृष्ण शिक्षक ठाकुर प्रसाद रिजाललाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो भने विद्यालयका शिक्षक परशुुराम रिजाललाई उत्कृष्ट शिक्षकको रुपमा एकनाथ,दुर्पादेवी प्रतिपा पुरस्कारबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कुल १८६ जना विद्यार्थी रहेको उक्त विद्यालयमा स्थायी दरबन्दी, राहत र निजी गरी हाल २० जना शिक्षक कर्मचारी कार्यरत रहेका छन । पौष १८ गते देखी संचालन गरिएको बार्षिकोत्सव कार्यक्रममा सदनात्मक हाँजीरी जवाफ प्रतियोगिता, फुटसल प्रतियोगिता अन्य खेलकुदका कार्यक्रम तथा साँंस्कृतीक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमकै अवसरमा विद्यालयमा स्थापना भएका विभिन्न छात्रबृत्रि तथा प्रतिभा पुरस्कार जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि प्रदान गरिएका विद्यालयका प्रध्यानध्यापक लक्ष्मीकान्त पौडेलले जानकारी दिए ।
विद्यालयमा उमानाथ प्रतिष्ठान, हेमराज शर्मा प्रतिष्ठान, स्व.हेमराज रिजाल स्मृति पुरस्कार, प्रजानन्द स्मृति प्रतिभा पुरस्कार, जगदिश्वर शर्मा प्रतिभा पुरस्कार, शशिनन्द स्मृति प्रतिभा पुरस्कार हरिप्रसाद हरिमायाँ अधिकारी स्मृति प्रतिभा पुरस्कार, एकनाथ दुप्रादेवी प्रतिभा पुरस्कार, भिमप्रसाद रिजाल स्मृति पुरस्कार, शालिग्राम बचत तथा ऋण सहकारी संस्थाबाट प्रदान गरिने पुरस्कार, माधव रिजाल, गणेश रिजाल सामनाथ रिजाल जन्मदिन प्रतिभा पुरस्कार स्व. पूर्णप्रसाद दुर्गादवी ज्ञानेन्द्र स्मृति पुरस्कार लगायतका दर्जन पुरस्कारहरु विद्यालयमा स्थापना गरिएको छ । हरेक वर्ष बार्षिकोत्सवककै अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि उक्त पुरस्कारहरु प्रदान गरिँदै आईएको छ ।
बार्षिकोत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दयाराम रिजाल असल अभिभावकका तर्फबात पुर्व प्रधानाध्यापक तथा विद्यालयका सल्लाकार नरप्रसाद रिजाल र विद्यालयका जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त पौडेलले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद रिजालको अध्यक्षता, शिक्षक लिलाधर रिजाल विद्यार्थी सौगात रिजाल र आकांक्षा रिजालको स्वागत, शिक्षक परशुराम रिजाल र ठाकुर प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

एकतर्फी पार्किङको नियम लागू गराउन बेनीमा स्वमसेवक ट्राफिक परिचालन

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com