Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीको पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने छ : स्वास्थ्य मन्त्री पाठक

  • नेपाल सञ्चार
  • ६ महिना अगाडि
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशलाई दक्षिण एसियाकै प्रमुख पर्यटन गन्तव्यको रुपमा विकास गर्न सकिने बताए ।
सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा जारी प्यानल डिस्कसन कार्यक्रम अन्तर्गत ‘गण्डकीमा स्वास्थ्य पर्यटनको सम्भावना’ शीर्षकमा बोल्दै उनले गण्डकी प्रदेशमा स्वास्थ्य पर्यटनको विकासले स्थानीय रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने दाबी समेत गरे ।
उनले भने, ‘यो क्षेत्रमा थप लगानी, पूर्वाधार विकास र सरकारी एवं निजी क्षेत्रको उपयुक्त प्रयासले गण्डकी प्रदेशलाई दक्षिण एसियाकै प्रमुख गन्तब्यको रुपमा विकास गर्न सकिने छ ।’ नेपालमा आउने पर्यटक मध्ये ४५ प्रतिशत पर्यटकहरु गण्डकी प्रदेशमा आउने गरेको पछिल्लो तथ्यांकले देखाएको बताउँदै उनले पर्यटकीय क्षेत्रमा बढ्दो प्रदुषणले पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव पारेको औँल्याए ।
गण्डकीमा हेल्थ पर्यटनको सम्भावना
गण्डकी प्रदेशमा हेल्थ टुरिजमको विभिन्न माध्यमबाट सुरु भइसकेको बताउँदै मन्त्री पाठकले यसलाई अझै सुदृढ बनाउन विभिन्न क्षेत्रमा काम गर्नुपर्ने जरुरी रहेको औँल्याए । उनले स्पा, रिट्रिट, योग, ध्यान र प्राकृतिक उपचार केन्द्रहरुको स्थापना गरी पर्यटकहरुलाई अभिमुखिकरण गर्नुका साथै तालिम सञ्चालन गर्न सकिने बताए । त्यस्तै गण्डकी प्रदेशको स्थानीय जडिबुटी र स्थानीय चिकित्सा सम्बन्धि ज्ञानलाई प्रबद्र्धन गर्दै विदेशी पर्यटकहरुलाई विशिष्टिकृत आयुर्वेद उपचारको अनुभव र तालिम दिन सकिने सम्भावना रहेको पनि उनले बताए । साथै, पोखरामा पदयात्रा, म्याराथन, पर्वत आरोहण गर्न पर्यटकहरुलाई चोट पटक लागेका उपचार र पुनस्थापना सेवा प्रदान गर्न सकिने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

धान दिवसको अवसरमा कृषक पुरस्कृत

क्यान्सरबाट ग्रसित बागलुङका टेक बहादुरलाइ सहयोगको याचना

नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com