Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सरकारले ल्याएको सहकारी सम्बन्धि अध्यादेश हचुवाको भरमा ल्याएको छ : निवर्तमान मुख्यमन्त्री अधिकारी

  • नेपाल सञ्चार
  • ५ महिना अगाडि

बागलुङ, २६ पौष । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका सहकारी बिभाग प्रमुख खगराज अधिकारीले सरकारले ल्याएको सहकारी सम्बन्धि अध्यादेश हचुवाको भरमा आएको बताउनुभएको छ ।

गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले सहकारीमा बचतको सिमा तोक्ने र सहकारी सञ्चालकहरु दुई कार्यकाल भन्दा समितिमा रहन नसक्ने जस्ता अव्यवहारीक व्यवस्था अध्यादेशले गरेको बताउनुभयो । ऋणको सिमा तोकिए पनि बचतको सिमा तोक्न नहुने उहाँले बताउनुभयो ।

उहाँले सहकारी सम्बन्धि अध्यादेशका अव्यवहारीक व्यवस्थाहरु पुरक कानून मार्फत सच्यानुपर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रमा चौतर्फी घराबन्दी भएको भन्दै अधिकारीले देशको अर्थतन्त्रका तीन खम्मा मध्येको एक खम्वामा प्रहार गरेर केही सहकारीको कमजोरीलाई सबै सहकारीको कमजोरीको रुपमा लिईने गरेको बताउनुभयो ।

निर्वमान मुख्यमन्त्री अधिकारीले सहकारी क्षेत्रमा आएका केही स्वार्थ समुहका कारण एकाद सहकारीमा समस्या देखिनु सिगो सहकारी क्षेत्रको समस्या नभएको जिकिर गर्नुभयो । उहाँले सहकारीले गरिखाने बर्गलाई बचत गर्न र उत्पादन गर्न सिकाईरहेको भन्दै देशका हरेक क्षेत्रमा सहकारीले का मगर्नसक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थामा कोही मालिक नहुने भन्दै शेयर सदस्य सबै सहकारीका मालिक हुने सुन्दर व्यवस्था रहेको बताउनुभयो ।

साधारण सभाको उद्घाटन सत्रमा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष बिद्यापति शर्मा, सहकारीकर्मी टिकाराम सापकोटा, चन्द्रमणी उपाध्याय, चुडामणी उपाध्याय, पत्रकार उमाकान्त शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण सभाले सहकारीका सचिव सुर्य बहादुर थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष टिकाराम शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

सहकारीले नेपाल पत्रकार महासंघका बिभिन्न तहमा निर्वाचित शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले आफ्नो १८ औं बार्षिक साधारणसभाका अवसरमा गत मंसिर २८ गते सम्पन्न पत्रकार महासंघको अधिबेशनबाट निर्वाचित शेयर सदस्यहरुलाई सम्मान गरेको हो । पत्रकार महासंघको एसोसिएट प्रदेश सचिवमा निर्वाचित बिक्रम सुनार, गण्डकी प्रदेश सदस्यमा निर्वाचित रञ्जिता शर्मा, बागलुङ जिल्ला सदस्यमा निर्वाचित अर्जुन कार्की, प्रकाश बराल, बालकृष्ण सुवेदी र प्रदेश परिषद सदस्य चन्द्र गणेश र खिमबहादुर कार्कीलाई सम्मान गरेको हो । यस्तै शाखा अधिकृतमा नाम निकाल्न सफल सहकारीका शेयर सदस्य धन बहादुर थापा र कालापथ्थरमा जोडी नृत्यको भिडियोग्राफि गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल शेयर सदस्य सोनाम केसीलाई सम्मान गरिएको थियो ।

सहकारीले गतआर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कारोबार गर्ने दुर्गा प्रसाद गौतम र रामप्रसाद निउरे र बाल बचतकर्ता पुजा थापालाई सम्मान गरेको थियो । यस्तै सहकारीमा स्थापना भएको कला गौरी स्मृति कोषबाट यस बर्षको पत्रकारीता पुरस्कार धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्मालाई प्रदान गरिएको छ । सहकारीका संस्थापक उपाध्यक्ष टिकाराम उपाध्यायले आमा बाबुको स्मृतिमा स्थापना गरेको कोषबाट हरेक बर्ष संस्थाका शेयर सदस्य मध्येबाट एक जना पत्रकार र एक जना ज्येष्ठ शेयर सदस्यलाई पुरस्कृत गरिँदै आएको छ । शर्मालाई पत्रकारीता क्षेत्रमा योगदान पुर्याएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै सहकारीका ज्येष्ठ शेयर सदस्य खगराज पाध्यायलाई कोषले सम्मान गरेको थियो ।

सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष गिता हमालले स्वागत मन्तव्य र सचिव सुर्य बहादुर थापाले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

ताजा समाचार

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com