Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रेस सेन्टर बागलुङको अध्यक्षमा सरिता खत्री

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ , २७ पौष । प्रेस सेन्टर बागलुङको अध्यक्षमा सरिता खत्री सर्वसम्मत चयन हुनुभएको छ । प्रेस सेन्टर बागलुङको छैठौँ  जिल्ला अधिवेशन तथा सोह्रौँ साधारण सभाले खत्रीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

साथै सदस्यहरुमा विमल खड्का, ज्ञानसिंह, शिशिर विक सुनिल, सन्तु बुढाथोकी, विशाल विक, शान्ति रसाइली र जोगेन्द्र विक रहेका छन् ।

साथै राष्ट्रिय महाधिवेशन प्रनिनिधिहरुमा राजेशचन्द्र राजभण्डारी र थम्मन थापा ‘सन्देश’ र गण्डकी प्रदेश प्रनिनिधिहरुमा बद्री प्रसाद शर्मा, वीरबहादुर चोखाल र कोपिला कँडेल छनौट हुनु भएको छ ।

नवनिर्वाचित समितिलाई नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’ र बागलुङ जिल्ला संयोजक राजिव घिमिरे, निर्वाचन समितिका सदस्य गोविन्द प्रसाद वझा र नवनिर्वाचित अध्यक्ष सरिता खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

छैठा जिल्ला अधिवेशनको नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष तथा प्रेस सन्टर नेपाल बागलुङका सल्लाहकार राजेशचन्द्र राजभण्डारीले उद्घाटन गर्नु भएको यियो । देश र समाज संकटमा परेको बेला जनपक्षिय पत्रकारहरुको भूमिका र आवश्यकता अझ बढेर गएको राजभण्डारीले बताउनुभयो ।

सञ्चार जगत समस्या परेको बेला, सर्वसाधारण जनताहरुले जवाफदेही र सुशासनले भरिएको लोकतन्त्र र सरकार चाहेको बेला सत्यको जगमा उभिएर तथ्यमा आधारित पत्रकारिता अहिलेको मुख्य आवश्यकता भएको उहाँको भनाई थियो । कार्यक्रममा पत्रकारहरु कोपिला कँडेल र संगम घर्ती मगरलाई नगद दश हजार, सम्मान पत्र र ढोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा ‘सागर’, जिल्ला प्रशासन कार्याल बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, गण्डकी प्रदेशका महासचिव सन्तोष गौतम, प्रगतिशिल पत्रकार संघ नेपालका सल्लाहकार किरण आचार्य, सम्मानित पत्रकारहरु कोपिला कँडेल, संगम घर्ती मगर, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, प्रेस चौतारी बागलुङका सचिव अर्जुन कार्कीले मन्तव्य व्यक्त गरेका छन् ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्ष थम्मन थापा ‘सन्देश’को अध्यक्षता, उपाध्यक्ष सरिता खत्रीको स्वागत र सचिव अनिष खातीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com