Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दोस्रो स्मृति कपको उपाधि जिप्रका बागलुङले चुम्यो

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, ५ माघ । दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम जिल्ला प्रहरी कार्यालय बागलुङले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा प्रहरीले संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५–३ गोलअन्तरले हराउँदै उपाधि चुमेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलोहाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफको दोस्रो मिनेटमा संकल्पका मनोज गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रहरीका डिफेन्डरले किलिएर गर्न नसकेको बललाई मनोजले गोललाईन बाहिरबाट सुन्दर गोलमा परिणत गरे ।

१ गोलले पछि परेपछि खेलमा सुधार गरेको पुलिसको लागि सुमित श्रेष्ठले दोस्रो हाफको १५ औं मिनेटमा गोल गरे । फ्रिकिक मार्फत आएको बललाई पेनाल्टी क्षेत्रमा संकल्पका गोलरक्षकले गल्ती गरेपछि सुमितले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए ।

त्यसपछि थप गोल नभएपछि खेल २० मिनेटको अतिरिक्त समयमा थप गरिएको थियो । अतिरिक्त समयमा संकल्पका मुकुन्द निउरेको प्रहार गोलबारमा लाग्दै बाहिरियो । अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल ट्राइब्रकेरमा पुगेको थियो ।

ट्राइब्रेकरमा संकल्पका सुवास गुरुङको प्रहार गोलबारमा लाग्दै बाहिरिदा उपविजेतामा चित्त बुझायो । ट्राइबेकरमा प्रहरीका सुमित श्रेष्ठ, रन्दीप पौडेल, रोशन छन्त्याल, सन्दिप तामाङ र विवेक गुरुङले गोलगरेभने संकल्पका मुकुन्द निउरे, राहुल गुरुङ र भगवत चौधरीले गोल गरे ।

उपाधि जितेको जिल्ला प्रहरी कार्यालय बागलुङले १ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको संकल्पले ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै विधागत पुरस्कारमा पनि प्रहरीका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जिल्ला प्रहरी कार्यालय बागलुङका कप्तान विवेक गुरुङ घोषित भएका छन् । प्रहरीका जिवनसिङ्ग ठकुरी उत्कृष्ट गोलरक्षक, सन्दिप तामाङ उत्कृष्ट मिडफिल्डर र सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै संकल्पका बिशाल नेपाली उत्कृष्ट डिफेन्डर, मुकुन्द निउरे उत्कृष्ट फरवार्ड, आदर्श विद्यामन्दिरका जोफा कोनाम र नारायण दल गणका धिरेन्द्र शाही उच्च गोलकर्ता र नारायण दल गण मुस्ताङले फेयर प्लेको पुरस्कार जिको छन् ।

बागलुङ एकता क्लबले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

ताजा समाचार

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com