Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अबको चुनाव देउवाको नेतृत्वमा हुन्छः उपप्रधानमन्त्री सिंह

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, ८ मंसीर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन ।

मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए । विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिए ।

त्यस्तै, अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि पुनः प्रष्ट पारेका छन ।

सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उहाँले सहमति अनुसार नै कांग्रेस–एमालेबिच सत्ता सहयात्रा अघि बढिरहेको दाबीसमेत गरेका छन ।

‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्, स्थीर सरकार बनोस् भन्ने जनचाहना अनुरूप नै वर्तमान सरकार बनेको हो,’ कांग्रेस पूर्व महामन्त्रीसमेत रहेका सिंहले भने, ‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति ‌शेरबहादुर देउवाको  नेतृत्वमा चुनाव हुन्छ ।’

कांग्रेसको स्वभाव नै सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टिभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए । बाग्लुङमा रहँदा सिंहले बुधबार बाग्लुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा सभामा सहभागि हुनेछन भने शहरी विकास मन्त्रालयअन्तर्गतका योजनाहरूको पनि निरिक्षण गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com