Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

वर्तमान सरकार आगामी निर्वाचनसम्म टिक्छः उपप्रधानमन्त्री सिंह

  • नेपाल सञ्चार
  • ५ महिना अगाडि

बागलुङ, ९ माघ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने दाबी गरेका छन् । बुधबार विहान प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले देशमा अस्थिरता अन्त्यको लागि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेको बताउँदै आगामी निर्वाचनसम्म नै सरकार संचालन हुने बताए ।

उनले सरकारको अस्थिरताले विकास निर्माण ठप्प भएको र नागरिकहरुमा निराशा बढेपछि त्यसको अन्त्यको लागि ठूला दल मिलेर सरकार निर्माण गरिएको बताए । ‘देशमा सरकार बन्ने र ढल्ने गर्दा अस्थिरता मौलाउँदै गएको थियो,’ उपप्रधानमन्त्री सिंहले भने,‘पहिलो ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेले अस्थिरता अन्त्यको लागि गठबन्धन गरेर सरकार निर्माण भएको हो । बाहिर सरकारको आयु छैन भन्ने हल्ला आएपनि त्यसमा सत्यता छैन । अहिलेको गठबन्धनको सरकार आगामी निर्वाचन २०८४ सालसम्मै टिक्छ ।’ अहिलेको सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न थालेको सिंहले बताए ।

उपप्रधानमन्त्री सिंहले नागरिकलाई छिटो र छरितो माध्यमबाट सेवा दिनको लागि सरकारले अध्यादेश ल्याएको बताए । ‘जनताको काम ढिला सुस्ती भएको कारण हटाउन अहिले अध्यादेश जारी भएको हो,’ उनले भने,‘कोभिड पछि देशको अर्थतन्त्रमा परेको प्रभाव घटाउन वर्तमान सरकारले सहयोग गरेको छ । पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार भएको छ ।’

उपप्रधानमन्त्री सिंहले संविधान संसोधनको लागि काँग्रेस र एमालेले अध्ययन गरिरहेको बताए । उनले जनतालाई थप अधिकार सम्पन्न बनाउनको लागि संविधान संशोधन गर्ने तयारी गरिएको बताए । ‘सरकार गठन गर्दा भएको सात बुँदे साभ्mौता अनुसार अगाडी बढेको छौं । जनतालाई थप अधिकार सम्पन्न बनाउनको लागि संविधान संशोधन गर्ने तयारी गरिएको हो,’ उनले भने,‘संविधान संशोधनको लागि कुन कुन बुँदा संशोधन गर्ने भनेर काँग्रेस र एमालेले अध्ययन गरिरहेका छन् । अध्ययन पछि साना दलसँग पनि छलफल गरेर मात्र संशोधन प्रक्रिया अगाडी बढ्छ ।’

उनले सरकारले केही गरेन भन्नेहरुलाई विकास निर्माणको गतिबाट जवाफ दिइएको बताए । शहरी विकास मन्त्री सिंहले नयाँ शहरी नीति २०८१ पास गरेर नयाँ शहरी आयोजनालाई थप व्यवस्थित गरिने बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com