Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

वर्तमान सरकार आगामी निर्वाचनसम्म टिक्छः उपप्रधानमन्त्री सिंह

  • नेपाल सञ्चार
  • ११ महिना अगाडि

बागलुङ, ९ माघ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने दाबी गरेका छन् । बुधबार विहान प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले देशमा अस्थिरता अन्त्यको लागि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेको बताउँदै आगामी निर्वाचनसम्म नै सरकार संचालन हुने बताए ।

उनले सरकारको अस्थिरताले विकास निर्माण ठप्प भएको र नागरिकहरुमा निराशा बढेपछि त्यसको अन्त्यको लागि ठूला दल मिलेर सरकार निर्माण गरिएको बताए । ‘देशमा सरकार बन्ने र ढल्ने गर्दा अस्थिरता मौलाउँदै गएको थियो,’ उपप्रधानमन्त्री सिंहले भने,‘पहिलो ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेले अस्थिरता अन्त्यको लागि गठबन्धन गरेर सरकार निर्माण भएको हो । बाहिर सरकारको आयु छैन भन्ने हल्ला आएपनि त्यसमा सत्यता छैन । अहिलेको गठबन्धनको सरकार आगामी निर्वाचन २०८४ सालसम्मै टिक्छ ।’ अहिलेको सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न थालेको सिंहले बताए ।

उपप्रधानमन्त्री सिंहले नागरिकलाई छिटो र छरितो माध्यमबाट सेवा दिनको लागि सरकारले अध्यादेश ल्याएको बताए । ‘जनताको काम ढिला सुस्ती भएको कारण हटाउन अहिले अध्यादेश जारी भएको हो,’ उनले भने,‘कोभिड पछि देशको अर्थतन्त्रमा परेको प्रभाव घटाउन वर्तमान सरकारले सहयोग गरेको छ । पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार भएको छ ।’

उपप्रधानमन्त्री सिंहले संविधान संसोधनको लागि काँग्रेस र एमालेले अध्ययन गरिरहेको बताए । उनले जनतालाई थप अधिकार सम्पन्न बनाउनको लागि संविधान संशोधन गर्ने तयारी गरिएको बताए । ‘सरकार गठन गर्दा भएको सात बुँदे साभ्mौता अनुसार अगाडी बढेको छौं । जनतालाई थप अधिकार सम्पन्न बनाउनको लागि संविधान संशोधन गर्ने तयारी गरिएको हो,’ उनले भने,‘संविधान संशोधनको लागि कुन कुन बुँदा संशोधन गर्ने भनेर काँग्रेस र एमालेले अध्ययन गरिरहेका छन् । अध्ययन पछि साना दलसँग पनि छलफल गरेर मात्र संशोधन प्रक्रिया अगाडी बढ्छ ।’

उनले सरकारले केही गरेन भन्नेहरुलाई विकास निर्माणको गतिबाट जवाफ दिइएको बताए । शहरी विकास मन्त्री सिंहले नयाँ शहरी नीति २०८१ पास गरेर नयाँ शहरी आयोजनालाई थप व्यवस्थित गरिने बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

मेयर कपको ट्रफी सार्वजनिक

झ्याम झ्याम पुतली नामको गीत सार्वजनिक ( भिडियो सहित )

ताजा समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com