Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा

  • अर्जुन कार्की
  • ५ महिना अगाडि

बागलुङ, ९ माघ । बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ ।

बागलुङ नगरपालिकाले ५१ वटा सूचक पूरा गरेपछि बुधबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका थिए । घोषणा गर्दै उनले बालमैत्री बनेपछि विद्यार्थी र बालबालिकाहरुलाई असल नागरिक बन्न सहयोग पुग्ने बताए ।

 

मन्त्री सिंहले विद्यार्थीहरुलाई अधिकार प्राप्त मात्र नभइ आफुले राज्य प्रति गर्नुपर्ने जिम्मेवारी र दायित्वको बोध गराउनुपर्ने बताए । ‘अहिले प्राप्त गर्ने अधिकारको मात्र कुरा हुने गरेको छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘साना साना बालबालिका र विद्यार्थीहरुलाई राज्यबाट प्राप्त गर्नुपर्ने अधिकार सहित उनीहरुले राज्यप्रति गर्नुपर्ने जिम्मेबारी र दायित्वको बारेमा बुझ्ने गरी पढाउनु आवश्यक छ ।’

विद्यालयहरुले विद्यार्थीहरुलाई अधिकार प्राप्त गर्नुपर्ने र राष्ट्र प्रति आफुले पुरा गर्नुपर्ने जिम्मेवारी र दायित्वको बारेमा इमानदारीताका साथ बोध गराउनुपर्ने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिए । स्थानीय तहका जनप्रतिनिधि, समुदायहरुको सहयोगमा ठूलो कार्यक्रम सम्पन्न गर्न सहज भएको भन्दै त्यो प्रशंसानीय कार्य रहेको बताए ।

बागलुङ नगरपालिकालेले ५१ वटा सूचकहरुमा ९२ प्रतिशत अंक प्राप्त गरेको गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केशवराज ढकालले बताए । उनले बालमैत्री घोषणा गर्नको लागि ८० प्रतिशत अंक प्राप्त गर्नुपर्नेमा नगरपालिकाले ९२ प्रतिशत पुरा गरेकोले प्रमाणपत्र प्रदान गरिएको बताए । गण्डकी प्रदेशले प्रदान गरेको घोषणा प्रमाणपत्र गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक र वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई प्रदान गरेका थिए ।

सचिव ढकालले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुने बागलुङ नगरपालिका बागलुङको दोस्रो, गण्डकी प्रदेशको चौथो र देशकै २५ औं स्थानीय तह रहेको बताए । दश स्थानीय तह रहेको बागलुङमा पहिलो बालमैत्री पालिकाको रुपमा यस अघि गलकोट नगरपालिका घोषणा भइसकेको छ । वि.सं. २०८७ सम्म देशलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी गरिएको बताउँदै अहिले स्थानीय तहहरुलाई बालमैत्री बनाउने अभियान संचालन भइरहेको सचिव ढकालले जानकारी दिए ।

बागलुङ नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक बाल बचाउ सम्बन्धी १४ सूचक, बाल संरक्षण सम्बन्धी १० सूचक, बाल विकास सम्बन्धी ६ सूचक, बाल सहभागिता सम्बन्धी ६ सूचक र संस्थागत विकासका १५ सूचक गरी ५१ सूचकहरू पूरा गरेर जिल्ला समन्वय समिति बागलुङ तथा गण्डकी प्रदेश सरकारबाट प्रमाणित भएपछि बुधबार बालमैत्री नगरपालिका घोषणा गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । उनले २०७९ साल जेठ ६ गते वर्तमान नगरकार्यपालिकाको पहिलो बैठकको निर्णय र २०७९ पौष २४ गते बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाको लागि लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेर बालमैत्री नगरपालिका घोषणाको प्रक्रिया अगाडी बढाइएको बताए

नगर प्रमुख श्रेष्ठले बालमैत्री स्थानीय शासन घोषणा गरेर दीगो विकासका लक्ष्य पूरा गर्न अघि बढेको बताए । उनले बालमैत्री स्थानीय शासन दीगो विकासका लागि महत्वपूर्ण भएको बताउँदै ५१ वटा राष्ट्रिय सूचक पूरा गरेर घोषणा गरेको बताए । ‘हामीले सवै सूचकमा शतप्रतिशत पुरा गर्न बाँकी रहेको छ,’ नगरप्रमुख श्रेष्ठले भने,‘आगामी दिनमा बालमैत्रीको कामलाई निरन्तरता दिँदै चाढै सवै सूचकमा शतप्रतिशत अंक प्राप्त गर्नेछौं ।’

बालमैत्रीका सूचकहरु शिक्षा, आधारभूत खानेपानी, बालविवाह मुक्त, बालश्रम मुक्त, बालमैत्री संरचना निर्माण, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन नगरपालिकाले गरेपछि बालमैत्री नगरपालिका घोषणा गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । उनले बालमैत्री पालिका घोषणाको लागि नगरपालिकाले १४ वटै वडामा बाल सञ्जाल, बालमैत्री शाखा बनाएर अभियानलाई अघि बढाएको र पालिकाले बालबालिकामैत्री वातावरण निर्माणको लागि सबै वडा र नगरपालिका भित्रका सबै विद्यालयहरूमा बाल समूह गठन गरिएको बताए । नगरपालिकाले पौष महिनाभित्र १४ वटै वडालाई बालमैत्री वडा घोषणा गरिसकेको थियो ।

नगरप्रमुख श्रेष्ठले बालमैत्रीको लागि विभिन्न समितिमा ४६७ बालबालिकाहरु आवद्ध रहेको समेत बताए । नगरपालिकामा स्थायी बसोबास गर्नेगरी १७ हजार २ सय १६ जना र अस्थायी बसोबास गर्ने १५ हजार ७ सय ३० जना गरी ३२ हजार ९ सय २६ जना बालबालिका रहेका छन् । बालमैत्री घोषणा कार्यक्रममा बागलुङ नगरपालिकाका १४ वटै वडाबाट हजारौं विद्यार्थीहरु धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा आएका थिए । घोषणा अघि बजारमा ¥याली सहित झाँकीको प्रदर्शनी गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

बागलुङमा ट्राफिक सप्ताह सकियो

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com