Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पाठेघरको क्यान्सरबिरुद्ध बागलुङमा माघ २२ देखि फागुन ३ गतेसम्म एचपीभी खोप अभियान

  • नेपाल सञ्चार
  • १० महिना अगाडि

बागलुङ, ९ माघ । नेपाल सरकारले पाठेघरको क्यान्सरबिरुद्ध एचपीभी खोप अभियान संचालन गर्ने भएको छ । बागलुङमा पनि माघ २२ गतेदेखि फागुन ३ गतेसम्म यो अभियान संचालन हुने भएको हो । बागलुङका ११ हजार ५ सय ५५ किशोरीलाई उक्त अवधिमा एचपीभी (ह्युमन प्यारापिलोमा भाइरस) खोप दिइने भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बिद्यालय तहमा कक्षा ६ देखि १० सम्म पढ्ने १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किसोरी र विद्यालय नगएका किसोरी समेतलाई यो खोप दिन लागिएको हो प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।उनले डरलाग्दो मृत्युको तथ्यांकलाई न्युनिकरण गर्न यो अभियान संचालन गर्न लागिएको प्रमुख सापकोटाले बताए ।
नेपाल सरकारले यो बर्ष १६ लाख किसोरीलाई यो खोप लगाउन लागेको हो । जस अनुसार बागलुङमा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म दुइ चरणमा खोप लगाइने छ । यो खोप लगाएपछि किसोरीहरुमा क्यान्सर बिरुद्दको ‘एन्टीबडी’ निर्माण हुने र पाठेघरको क्यान्सरबाट बचाउन सकिने कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । ‘यो खोपबाट हाल नेपालमा भैरहेको पाठेघरको क्यान्सरको समस्या ९० प्रतिशत कम हुनेछ’ उनले भने, ‘नागरिकको बाँच्न पाउने अधिकार सुरक्षा र कम खर्चमा रोग लाग्नै नदिने उपायाको रुपमा खोप ल्याइएको हो ।’ नीजि क्षेत्रले यो खोप प्रति भायल १५ हजार देखि १८ हजार रुपैयाँ सम्ममा बिक्री गर्ने गरेपनि सरकारले निशुल्क लगाउन लागेको उनले बताए ।

बागलुङको ३ सय १२ वटा विद्यालयलाई खोप केन्द्र बनाएर ३ सय १५ जना स्वास्थ्यकर्मी, ६ सय २७ जना स्वयंसेवक खटाएर खोप लगाइने छ । बालबालिकालाई लगाउने खोपभन्दा किसोरी समूहमा लगाउने खोपले पर्ने मनोबैज्ञानिक असर न्युनिकरणका लागि काउन्सिलिङ समेत गराइने योजना बनाइएको छ । सन् २०१६ मा कास्की र चितवनमा पाइलट प्रोजेक्टको रुपमा संचालन गर्दा शतप्रतिशत प्रभावकारिता देखिएपछि गत आर्थिक वर्ष नेपाल सरकारले सातवटै प्रादेशिक अस्पतालबाट खोप सेवा संचालन गरेको थियो । चालु वर्ष भने बिद्यालय तहमै पुगेर खोप लगाउने योजना बनाएको खत्रीले जानकारी दिए ।

यो खोपलाई प्रभावकारी बनाउन धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीको नेतृत्वमा स्त्रीरोग बिशेषज्ञ डा. विजय ओझासहित जिल्ला खोप समन्वय समितिले अवान्चित घटना वा हल्लालाई व्यवस्थापन गर्ने (एईएफआई) टोली गठन भएको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

खोपलाई प्रभावकारी बनाउन संचारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई समेत अभिमूखीकरण गरेर आम नागरिकमा खोप बारे सकारात्मक धारणा ल्याउन समेत लगाइएको छ । यो अभियान सफल भएमा आगामी वर्षदेखि हरेक कक्षा ६ मा पढ्ने बालिकालाई मात्र यो खोप लगाए पुग्ने हुनेछ । यो अभियानमा बागलुङमा मात्रै ७७ लाख रुपैयाँ खर्च हुने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

बागलुङमा मेयर कप हुँदै

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com