Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पूर्वराज्यमन्त्री शर्माको अन्त्योष्टि निरयघाटमा

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ । नेकपा एकीकृत समाजबादीका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष रामजीप्रसाद शर्माको निधनमा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले समवेदना व्यक्त गरेका छन् ।

शर्माको निधन भएको खवरपछि बिहिवार बागलुङ आएका नेपालले निरयघाटमा पुगेर शर्माको पार्थिव शरिमा पार्टीको झण्डा ओडाएर श्रद्दाञ्जली व्यक्त गरे ।
नेपालले शर्माको निधनले पार्टीमा इमान्दार नेता गुमाउनु परेको बताए । साथै जिल्लाले बिकासप्रेमी नेता गुमाएको भन्दै शर्माको निधनले अपुरणीय क्षति भएको समेत बताए । उपचारको क्रममा केही समयदेखि शर्मा भारतमा थिए ।

मृगौला प्रत्यारोपण गर्ने क्रममा उनलाई ह्दयघात भएको शर्माकी पत्नि सीताले जानकारी दिइन् ।
प्रत्यारोपण सकेपछि अचानक हट अट्याक्ट भएपछि शर्माको उपचारको क्रममा निधन भएको थियो । बिहिबार शर्माको बागलुङ नगरपालिका १ स्थित निरयघाटमा दाहसंस्कार गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले शर्माको दाहसंस्कारमा आएर अन्तिम श्रद्दाञ्जली दिए । छोरा शिसिरले शर्मालाइ दागबत्ती दिएका थिए । निरयघाटमा आयोजित श्रद्दाञ्जली सभामा नेकपा एसका केन्द्रीय सचिव श्रीनाथ बराल, केन्द्रीय सदस्यहरु, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक र सदस्यहरु दिपेन्द्रबहादुर थापा, गोबिन्द नेपाली सहित अन्य जनप्रतिनिधि र नेता कार्यकर्ता समेतको बाक्लो उपस्थिति थियो ।
बागलुङको साबिक मालिका गाविस स्थायी ठेगाना भइ हाल बागलुङ नगरपालिका वडा नंं ५ घर भएका शर्मा जिल्लाको बिकास निर्माणमा अत्यत्न सक्रिय र सकारात्मक थिए । उनले जिल्लाको बिकासको विभिन्न खाका समेत बनाएर डायरीमा राख्ने र बिकासे अड्डा देखि मन्त्रालय सम्म ती योजनालाई जोड्ने प्रयास गर्थे । सरल स्वभावका शर्माले जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै बिपक्षी दलका नेताहरुपनि शर्माको प्रसंसा गर्थे । २०५४ र पहिलो संविधानसभामा बागलुङ क्षेत्र नंं १ बाट एमालेबाट बिजयी शर्मा उर्जा राज्य मन्त्री समेत भएका थिए । २०७७ सालपछि उनी नेकपा एसमा आबद्द थिए । शर्माका दुइ छोरा, एक छोरी र एक पत्नि छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी

बागलुङ -१को मतगणना सुरु

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

पर्वतमा ५३ प्रतिशत मत खस्यो

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

ताजा समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी
पर्वतमा रास्वपाका भुसाल विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ -१को मतगणना सुरु
बागलुङ -१को मतगणना सुरु
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

ट्रेन्डिङ

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

आचारसांहिता परिपालना गर्न जिल्ला प्रशाशन कार्यालय बागलुको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न मतदातालाई भीम श्रीसको आग्रह

निर्वाचन अवधिभरमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन बागलुङमा कडाइ

कस्ता छन् बागलुङ -१ का उम्मेदवारहरुको प्रतिबद्धता पत्र

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com