पर्वत, ११ माघ । पर्वतको जलजला गाउँपालिका वडा १ बासखर्कमा आयोजित एकदिने सुन्तला महोत्सव सम्पन्न भएको छ । जलजला गाउँपालिका १ बासखर्ख र जलजला गाउँपालिकाको आयोजनामा १ दिने महोत्सव सम्पन्न गरेको हो ।
महोत्सवको उद्घाटन गर्दै गण्डकि प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बासखर्कलाइ सुन्तला प्रवर्धन गर्न गण्डकि प्रदेशले कार्यक्रम ल्याउने बताए ।
उनले भने प्रदेश सरकारले गर्ने काम जति गरेको बताउदैँ २० देखि ५०० रोपनीमा कृषि गर्ने कृषकलाइ सरकारले ५० % अनुदान दिने गरेकालाई व्ययावसायिक कृषकलाई प्रदेश सरकारले सहयोग गर्छ ।
जनप्रतिनिधिलाइ स्थानिय तहमा योजना माग्दा क्षेत्र हेरेर माग्न सुझाब दिए । खानेपानी र सिचाईका कार्यक्रमलाई सम्पन्न गर्ने र सकेपछि मात्र नयाँ योजना अगाडि बढाउनुपर्नेमा उनको भनाइ छ ।
गाउँमा नै उत्पादन खच्किदा आयआर्जनकोमा कमि आएको बताउदैँ उनले कृषिक्षेत्र र कृषकलाई टेवा पुग्ने गरि गण्डकी प्रदेशले सहयोग र सहकार्य गर्ने बताए ।
बासखर्कमा यस वर्ष करिब १९ करोड रुपियाँ बराबरका सुन्तला उत्पादन भएको वडाध्यक्ष जकबहादुर रोकाले बताउनुभयो । यहाँका दुईसय ३९ घरधुरीले व्यवसायिक रुपमा सुन्तला खेती गरेको र प्रति घरपरिवारले कम्तीमा पाँचलाख देखि ४० लाख रुपियाँ सम्म आम्दानी लिने गरेको उनकाे भनाई थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राष्टिय सभा सदस्य मनरुपा शर्मा प्रदेश सचिव ,बाबुराम विष्ठ ,गण्डकी प्रदेश शभा सदस्य रेखा गुरुङ, गण्डकी प्रदेश शभा सदस्य भक्त कुवर ,सहकारी मन्त्री पद्मा जिसि श्रेष्ठ , पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्याल जलजला गाउँपालिकाका सस्थापक अध्यक्ष याम बहादुर मल्लले जनताको नीतिगत बिकासको विषयमा प्रदेश सरकारले सहयोग गर्ने बताए । सडक, पुर्वाधार बिकास कृषि क्षेत्रमा आएका समस्यालाई सहयोग हुने बताउदैँ शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम वडा अध्यक्ष जग बहादुर रोकाको अध्यक्षता, गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको स्वागत तथा युवाराज अर्गजाको सञ्चालनमा सम्पन्न भएको थियो ।
महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।