Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपाल समाजवादी पाटि (नयाँ शक्ती)को महाधिवेशनका लागि बागलुङबाट २७ जना छनोट

  • नेपाल सञ्चार
  • ५ महिना अगाडि

बागलुङ १५ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)को प्रथम महाधिवेसनका लागि बागलुङबाट २७ प्रतिनिधिहरु छनौट भएका छन् । माघ २७ देखि २९ गतेसम्म काठमाण्डौंमा हुने महाधिवेसनका लागि जिल्ला समन्वय समितिमार्फत प्रतिनिधिहरु छनौट भएका हुन् ।
स्थानीय तहबाट छनौट भएर आएका प्रतिनिधिहरुलाई समन्वय समितिको बैठकले अनुमोदन गरेको उक्त पार्टीका जिल्ला संयोजक कृष्ण शर्माले बताए ।
महाधिवेसनका लागि चित्र सापकोटा, बाबुकाजी केसी, अर्जुन खत्री, शंकरबहादुर कुँवर, कृष्ण शर्मा, नुनुमाया थापा मगर, ढाकाबहादुर परियार, दिपक शाही समुन्द्रिया, महेन्द्र प्रसाद शर्मा, यदुनाथ घिमिरे र कृष्णबहादुर छन्त्याल छन् ।
बैठकले खुला तथा समावेशी समुहबाट सबै प्रतिनिधि छनौट गरेको छ । त्यस्तै तुलसी दमाई, यमबहादुर पुन, शान्ती थापा, शिव थापा, दिलमाया थापा, चेली थापा, सुनिता बिक, हिमाल दर्जी, चिरन्जिवी गायक युनिष मिया, शान्ति बिक, रामबहादुर घर्ती, पुनम श्रीष, संजय श्रेष्ठ, जीतबहादुर बिक र हेमबहादुर केसी महाधिवेसनका लागि चयन भएका हुन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)का गण्डकी प्रदेश इन्चार्ज मोती रिजालको उपस्थितिमा संयोजक हिमबादुर थापाले नेपालमा पुराना दलहरुको औचित्य सकिएकोले नयाँ शक्तीको आवश्यकता परेको बताए । उनले २१ औं शताब्दी सुहाउँदो पार्टीको रुपमा नयाँ शक्ती आएको उनले जिकिर गरे ।
आफ्दो दल मानवतावादी भएको, सामाजिक लोकतन्त्रमा आधारित भएर संचालन गरिएको थापाले बताए । वर्तमान सरकारले केही उपलब्धी गर्न नसकेको भन्दै सरकारको आलोचना गरेर उनले देश बिकासको नयाँ मोडल दिने बताए । काठमाण्डौंमा हुने महाधिवेसनले पनि देशको परिवर्तनको लागि दिशानिर्देश गर्ने उनले बताए ।
बैठकले समाजवादी उद्योग व्यापार महासंघ, नेपाल, नयाँ शक्तीको तेस्रो भेलाबाट चयन भएको समितिलाई पनि पारित गराएको छ । शर्माका अनुसार समाजवादी उद्योग व्यापार महासंघको अध्यक्षमा महेन्द्र शर्मा चयन भएका हुन् । उक्त महासंघको उपाध्यक्षमा शान्ती थापा र नारायण प्रसाद शर्मा, सचिवमा संजय श्रेष्ठ, कोषाध्यक्षमा यदुनाथ घिमिरे र सहसचिवमा तुलशी शर्मा चयन भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com