बागलुङ १६ माघ । नेपाल निजामती कर्मचारी संगठन बागलुङको १२ औं जिल्ला अधिवेशनले मनोज कार्की भएका छन् । कार्कीकाे नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राधिका थापा मगर र राजु खत्री सचिवमा तुलसिराम कँडेल, सह–सचिवमा कसिन्द्र शाही र कोषाध्यक्षमा नकुल शर्मा चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा मिलन थापा मगर, मेघराज रिजाल, यादवदत्र् रेग्मी, उषा सुवेदी गौतम, टिकादेवी रिजाल, मोनिका रुचाल, तुल्सी रेग्मी, मानसिंह पुन, सुरेन्द्रप्रसाद पाध्याय, शुयष सापकोटा, ऋषिराम गोतमे, राम बहादुर थापा र रोशन पन्थी चयन भएका हुन् । अधिवेशनले लेखा परिक्षण आयोगको संयोजकमा शोभा केसी, सदस्यहरुमा कमल अधिकारी र टेकनारायण रिजाललाई चयन गरेको छ ।
अधिवेशनबाट केन्द्रिय प्रतिनिधिमा श्याम कुमार थापा, रामप्रसाद उपाध्याय, सरस्वती देवि रेग्मी, थम्मन बहादुर रेश्मी, कृष्ण प्रसाद आचार्य प्रदेश प्रतिनिधिमा श्याम कुमार थापा मगर, खिम बहादुर बिक, प्रकाश शर्मा, जुद्ध बहादुर पराजुली, खिम कुमारी राना र देवी कुमारी शर्मा चयन भएका हुन् ।