Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रेस चौतारी पत्रकारिता पुरस्कार आचार्य र गौतमलाई

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, २१ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले दुई क्रियाशिल क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको क्रियाशिल पत्रकारिता पुरस्कारबाट ढोरपाटन दैनिकका सह–सम्पादक  तारानाथ आचार्यलाई पुरस्कृत हुने भएका हुन् । उक्त पुरस्कार २०७२ सालमा स्थापना गरेर प्रदान गरिदै आइएको छ ।
यस्तै गत वर्षबाट प्रदान गरिदै आएको प्रेस चौतारी युवा क्रियाशिल पत्रकारिताका पुरस्कार यस वर्ष आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकका सह–सम्पादक खेमराज गौतमलाई प्रदान गरिने भएको छ । पत्रकारद्वय आचार्य र गौतम २०७५ सालदेखि राष्ट्रिय समाचार समितिमा समेत आबद्ध रहेका छन् ।
सोमबार बसेको प्रेस चौतारी जिल्ला कमिटिको बैठकले छनोट समितिको सिफारीसका आधारमा आचार्य र गौतमलाई पुरस्कृत गर्ने निर्णय गरेको जिल्ला शाखा बागलुङका अध्यक्ष सिर्जना पन्तले जानकारी दिनुभयो ।
जिल्ला शाखाले २०७२ सालमा स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कार जेष्ठता, कृयाशिलता, निरन्तरताका आधारमा हरेक बर्ष अग्रज पत्रकार छनोट गरेर प्रदान गर्दै आएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेकोे भाग्यले बाँचेका डकुमेन्ट्रि प्रदर्शन गरेर उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । यसअघि उक्त पुरस्कार कोषबाट नौ जना पत्रकार पुरस्कृत भैसकेका छन् ।
त्यस्तै २०७९ सालमा स्थापना गरिएको युवा पत्रकारीता पुरस्कार गौतमलाई प्रदान गर्न लागिएको हो । युवा क्रियाशिल पत्रकारिता पुरस्कार गत वर्ष तारानाथ आचार्यलाई प्रदान गरिएको थियो ।
यस वर्ष क्रियाशिल पत्रकारितका पुरस्कार छनौटमा समितिमा पूर्व केन्द्रिय सचिव रामृकष्ण शर्माको संयोजकत्वमा सल्लाहकार रामृकष्ण बोहोरा र जिल्ला अध्यक्ष सृजना पन्त रहनुभएको थियो ।
यस्तै युवा क्रियाशिल पत्रकारिता पुरस्कार छनौट समितिमा प्रेस चौतारी गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्माको संयोजकत्वमा पूर्व जिल्ला इन्चार्ज खिम कार्की र जिल्ला अध्यक्ष सिर्जना पन्त रहनुभएको थियो ।
प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार जेष्ठता,क्रियाशिलता र निरन्तरताका आधारमा दिइने कार्यविधि रहेको छ भने युवा क्रियाशिल पत्रकारिता पुरस्कार जिल्लाको सक्रिय पत्रकारलाई दिइने छनौट समितिका संयोजक उमाकान्त शर्माले जानकारी दिनुभयो ।
समाज परिवर्तनका क्षेत्रमा कलम चलाउने युवा पत्रकारहरु मध्येबाट पुरस्कृत गर्ने गरी उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । दुवै पुरस्कारको राशी दश/दशहजार रुपैयाँ रहेको अध्यक्ष सिर्जना पन्तले बताउनुभयो । प्रेस चौतारी नेपालको ८ औं अधिवेशन तथा २० औं वार्षिक साधारणसभाका अवसरमा मंगलबार पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com