Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

व्यावहारिक सीपसहितको गुणस्तरीय शिक्षा आजको आवश्यकता: स्वास्थ्यमन्त्री पाठक

  • ४ महिना अगाडि

बागलुङ , माघ २५ । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले व्यावहारिक सिपसहित विद्यार्थीहरुलाई अध्यापन गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्। सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप पनि सिकाउनुपर्नेमा मन्त्री पाठकले जोड दिए।

रेसा नुन्थला माध्यमिक विद्यालयको ६९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै मन्त्री पाठकले सरकारको लगानी अनुसार सामुदायिक विद्यालयमा शैक्षिक उपलब्धि हासिल हुन नसकेको गुनासो गर्दै उच्च उपलब्धि हासिल गर्न सामुदायिक विद्यालय ले ध्यान दिन मन्त्री पाठकले अनुरोध गरे।
विद्यार्थीहरूले सूचना प्रविधिमा विकसित प्रविधिलाई आत्मसाथ गर्नसमेत आग्रह गरे।
मन्त्री पाठकले स्वास्थ्य शिक्षा र विकास निर्माणका कार्यमा स्थानीय जनप्रतिनिधिसँग आवश्यकताका आधारमा सहकार्य गरेर आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रदेशमा स्वास्थ्य क्षेत्रमा भौतिक उपलब्धि भएपनि दक्ष जनशक्ति तथा प्रविधि र उपकरणको व्यवस्थापन हुन नसकेको बताउँदै मन्त्री पाठकले आफ्नो कार्यकालमा त्यो पूरा गर्ने प्रतिरोद्धा व्यक्त गरे।

वार्षिक उत्सव समारोहमा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की, काठेखोला गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर लामिछाने, नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्व सभापति जब्बरबहादुर लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डीलबहादुर कार्की, नेकपा एमाले काटेखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र गौतम, नेपाली कांग्रेस काठेखोला गाउँपालिका वडा नम्बर ७ का पूर्व सभापति प्रेमबहादुर कार्की, विद्यार्थी दीक्षा कुँवर लगायतले बोलेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सो अवसरमा विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीमा कक्षा १२ का मीना थापा,उत्कृष्ट अभिभावक रिता जिसी कुँवर र उत्कृष्ट शिक्षक शङ्कर थापा विज्ञान शिक्षकलाई सम्मानित गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र कार्कीको अध्यक्षता, सहायक प्रधानध्यापक भगवती थापाको स्वागत तथा शिक्षक डिलबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

ताजा समाचार

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com