Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विद्यामन्दिर माविको ८४ औं वार्षिकोत्सव सम्पन्न

  • नेपाल सञ्चार
  • ४ महिना अगाडि

बागलुङ,३ फागुन । विद्यामन्दिर माध्यामिक विद्यालय ८४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । साविकको धौलागिरी अञ्चलको पुरानो विद्यालय माध्यामिक विद्यालयले आफ्नो  वार्षिकोत्सव मनाएको हो ।  वार्षिकोत्सवको उद्घाटन गण्डकि प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै पाठकले शिक्षामा लगानी अनुसार प्रतिफल प्राप्त नभएको बताउनुभएको हो
मन्त्री पाठकले वर्तमान शिक्षा नीतिले अपेक्षित परिणाम दिन नसकेको बताउँदै नेपालको शिक्षा क्षेत्रको सुधारको लागि उपयुक्त नीतिको आवश्यक रहेको बताउनुभएको हो ।
विद्यालयको सुधारका लागि प्रदेश सरकार तत्पर रहेको बताउदैँ राज्यले शिक्षा क्षेत्रमा धेरै रकम लगानी गरेपनि उपयुक्त नीतिको अभावमा प्रतिफल प्राप्त गर्न नसकेको मन्त्री पाठकको भनाई थियो ।

बागलुङको शिक्षा क्षेत्रमा इतिहास बोकेको विद्यामन्दिर माविको पूर्वाधारका हिसाबले नमूना विद्यालय बनेको बताउँदै गुणस्तर र सिकाई उपलब्धी हासिल गर्नको लागि सबैको सहकार्य आवश्यकता रहेको उहाँको भनाई थियो । स्वास्थ्यमन्त्री पाठकले विद्यालयको खेल मैदान ढलान गर्न र विद्यालयको पर्खाल लगाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मण केसी सनि, नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठ, विद्यामन्दिर माविका विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष बाबुलाल शाक्य, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सुभाषचन्द्र राजभण्डारी, पूर्वशिक्षकहरु गंगा देवी कसजु, डा. डिल्ली राज गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजसेवी तथा विद्यालय भवन निर्माण समितिका पूर्वसदस्य तथा धनधान्याचलको उपनिर्देशक देवबहादुर श्रेष्ठ र पूर्वशिक्षक गंगादेवी कसजुलाई सम्मान गरिएको थियो ।
यस्तै, कक्षा ११ र १२ तर्फ निर्वतमान प्रधानाध्यापक शान्तामणि ढकाल, शिक्षकहरु गंगा शर्मा, गणेश प्रसाद शर्मा, भक्तिराम न्यौपाने, नवराज गौतम र कक्षा एक दशतर्फ शिक्षकहरु टिका पन्त, रिता पोखरेल, पार्वती कुमारी शर्मालाई सम्मान गरिएको थियो । यसैगरी, खेलकुदको क्षेत्रमा योगदान पुर्याएको भनि शिक्षक चित्रबहादुर केसी र विज्ञान समूहको नतिजा उत्कृष्ठ ल्याएकोमा विज्ञान इन्चार्ज कृष्ण गौतमलाई सम्मान गरिएको थियो । विद्यालयका बिहानी इन्चार्ज तथा अनुशासन संयोजक कुलराज शर्मालाई विद्यालयको शैक्षिक प्रशासन र अनुशासन कायम गर्न महत्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मीको अध्यक्षता, सहायक प्रधानाध्यापक मुकुन्द शर्माको स्वागत र शिक्षकहरु भिमप्रसाद गौतम र कुलराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

ताजा समाचार

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com