Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

२०८२ फागुन देखी दोस्रो पटक आर्थिक गणना हुने

  • १० महिना अगाडि

बागलुङ, ६ फागुन । २०८२ फागुन देखी दोस्रो पटक आर्थिक गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले यो अभियान देशभरी नै संचालन गर्ने जनाएको छ । पहिलो पटक २०७५ बैशाखमा भएको आर्थिक गणना यस पटक आउँदो फागुन देखी हुने भएको छ ।
संघ प्रदेश तथा स्थानिय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्थाका आधारभुत तथ्याङ्कहरु संकलन गर्नुका साथै व्यावसायिक प्रतिष्ठानको कूल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पूँजीको लगानी, कूल स्थिर सम्पत्तिमा भएको लगानी, लगायतका विषयमा सर्वेक्षण गरिने उद्देश्यका साथ यो अभियान संचालन गर्न लागिएको छ ।
यसका साथै लिंग अनुसार रोजगारीको स्थिति, प्रतिष्ठानको ऋणमा पहुँच लगायतका सूचक पत्ता लगाउन गणना गर्न लागिएको हो तथ्याङ्क समन्वय कार्यालय बागलुङले जनाएको छ ।
आर्थिक गणना अभियानमा गैरकृषि आर्थिक क्रियाकलापहरू सञ्चालन गर्ने सबै प्रकारका प्रतिष्ठानहरू र कृषि क्षेत्रको दर्ता गरिएका प्रतिष्ठानहरू नेपाल स्तरीय औद्योगिक वर्गीकरण अनुसारका विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान र व्यवसायहरूलाई गणनामा समावेश गरिएको गरिने तथ्याङ्क समन्वय कार्यालय बागलुङका तथ्याङ्क अधिकृत चन्द्रकान्त सुवेदीले जानकारी दिए । कार्यालयका अनुसार निश्चित स्थानमा आर्थिक क्रियाकलाप सञ्चालन गर्ने स्थिर प्रवृत्तिका प्रतिष्ठानहरूलाई आर्थिक गणनाको परिधिमा समेटिने छ ।
तथ्यांककै आधारमा योजना तर्जुमा तथा नीति निर्माण हुने भएकाले स्थलगत भ्रमण र अध्ययनपछि प्राप्त हुने तथ्यहरु भरपर्दो र विश्वासिलो हुने अपेक्षा गरिएको छ । सोही अनुसार गणकहरु व्यवस्थापन गरेर सम्बन्धीत प्रतिष्ठानमा नै पुगेर गणना गरिने तथ्याङ्क समन्वय कार्यालय बागलुङका प्रमुख महेश प्रसाद ढुंगानाले जानकारी दिनुभयो ।। तथ्याङ्क ऐन २०७९ अनुसार हरेक क्षेत्र र वर्ग सँग संकलित भएको आर्थिक विवरण गोप्य रहने समेत ढुंगानाले जानकारी दिनुभयो ।। ‘आर्थिक गणना केही जटिलता पनि हुन्छ । सवै विवरण गोप्य पनि रहने छ । कार्यालय प्रमुख ढुंगानाले भन्नुभया,‘यो नेपाल सरकारको प्राथमिकताको कार्यक्रम हो कोही कसैले आफ्नो विवरण लुकाउन पनि पाउँदैन र उहाँहरुले प्रदान गरेको विवरण हामी गोप्य पनि राख्ने छौं ।’ उहाँले वित्तिय तथा विमा, सूचना सञ्चार, कृषि, वन माछापालान, खानी उत्खनन लगायतका २१ वटा आर्थिक वर्गिकरणका सूचकहरु रहेता पनि विभिन्न १८ वटा सूचकमा आर्थिक गणना हुने बताउनुभयो ।
अभियानमा संलग्न गणकले जिल्ला भरी संकलन गरेको आर्थिक विवरणलाई प्रशोधन गरी विश्लेषणात्मक प्रतिवेदन तयार गरेर यसको नतिजा सार्वजनिक गर्ने तथ्याङ्क अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
कार्यालयले जिल्लाका सरोकारवाला सँग आर्थिक गणनाको विषमा अन्तरक्रिया समेत गरेको छ भने गणनका लागि ईए नक्सा निर्माण, प्रश्नावली, निर्देशिका र अन्य फारामहरु तयार पारिसकेको छ ।
अन्तरक्रिया कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले आर्थिक गणना कार्यक्रममा यसको बर्गिकरणमा परेको क्षेत्रहरु छुट्न नहुने बताउनुभयो ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजनकुमार श्रेष्ठ, पत्रकार महासंघका सचिव नारायण रिजाल, सहसचिव डम्मर बुढा मगरले गणनालाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले तथ्याङ्का कार्यालयले गणना मात्र हैन नतिजा पनि समयमा नै सार्वजनिक गर्न आग्रह गरेका थिए ।
जिल्लामा कति जना गणक तथा जनशक्ति खटिने भन्ने हाल सम्म सुनिश्चित नभएको र उक्त कार्य केन्द्रीय तथ्याङ् विभागले नै गर्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

मेयर कपको ट्रफी सार्वजनिक

झ्याम झ्याम पुतली नामको गीत सार्वजनिक ( भिडियो सहित )

बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

ताजा समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com