Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ डा महविर पुनलाई

  • ४ महिना अगाडि

बागलुङ, ७ फागुन । वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।

‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।

केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’का लागि पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले उहाँ परिचित हुनुहुन्छ ।

यस्तै यस वर्षको ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ । उहाँको काव्यकृति ‘सहधर्मिणी’का लागि उक्त पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । उक्त पुरस्कारको राशि रु। १५ हजार रहेको छ ।

यस्तै रु। २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार–२०८१’ पाल्पाका साहित्यकार चोलेश्वर शर्मालाई प्रदान गरिएको छ । रत्न–श्रेष्ठ पुरस्कार गुठीको संरक्षकत्मा सञ्चालित जगतचन्द्र स्मृतिकोषका तर्फबाट प्रदान गरिने उक्त पुरस्कारको राशि रु। २५ हजार रहेको छ ।

शर्माको निबन्ध सङ्ग्रह ‘सगरमाथा एक पहाडको नाम होइन’लाई पुरस्कार प्रदान गरिको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो । पाल्पा तानसेन घर भइ हाल भैरहवा निवासी साहित्यकार विजय सागर श्रेष्ठलाई जगतचन्द्र सम्मान गरिएको थियो ।

सोही समारोहमा बागलुङ नगरपालिका–४ कुँडेलस्थितस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालयका छात्र रामकृष्ण सुवेदीलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । बागलुङका गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित उक्त पुरस्कारको राशि रु. दस हजार रहेको छ । गुठीले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।छोरी चन्द्रकुमारी श्रेष्ठ र ज्वाई भरत कुमार श्रेष्ठ मानव सेवा आश्रम बागलुङमा अक्षय कोष निर्माण गर्न आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठलाई पचास हजार रुपैयाँको प्रदान गरेका थिए ।

साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ मा पुरस्कार स्थापना गर्नुभएको थियो ।

‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’लाई देशकै जेठोमध्येको एक पुरस्कार संस्था मानिन्छ । भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संस्थापक संरक्षक छोटाले बताउनुभयो । दिवङ्गत रत्नकुमारी श्रेष्ठको ११७औँ पुण्यतिथि र ४८औँ स्मृति दिवसको अवसर पारेर पुरस्कार वितरण गरिएको गुठीले जनाएको छ ।

कार्यक्रममा डा दिनबहादुर थापाले पुरस्कृत व्यक्तित्वहरु वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुन, साहित्यकार चोलेश्वर शर्मा र साहित्यकार जगन्नाथप्रसाद लम्सालको परिचय दिनु भएको छ ।

धौलागिरि बुहुमुखी क्याम्पसका उपप्रधाध्यापक आनन्द राज सिलवालले साहित्यकार सन्तु श्रेष्ठको कविता संग्रह तरङ्गित तरङ्गमाथि चर्चा गर्नु भएको थियो ।

कार्यक्रम साहित्यकारहरु चोलेश्वर शर्मा,जगन्नाथप्रसाद लम्साल,विजय सागर श्रेष्ठ, गंगा कसजु, सन्तु श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठ, गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृति कोषका संस्थापक भरत कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङका संस्थापक संरक्षक प्रेम छोटाको अध्यक्षता, प्रवन्ध समितिका सदस्य वरिष्ठ अधिवक्ता पद्यनाथ शर्माको स्वागत र सदस्य सचिव महेश चन्द्र प्रधानले सञ्चालन गरेका थिए ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com