Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मगर संस्कृति र सभ्यतामाथिको अतिक्रमण स्वीकार्य छैन—उपमहासचिव पुन

  • नेपाल सञ्चार
  • ४ महिना अगाडि

बागलुङ , १६ फागुन । नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनले नेपालको मूलबासीको रुपमा आदिवासी जनजाति र मगर समुदायको संस्कृति र सभ्यतामाथिको अतिक्रमण स्वीकार्य नभएको बताएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा बागलुङमा आयोजना गरेको मूलसमारोह कार्यक्रममा बोल्दै पुनले राज्य र यसका निकायले विभिन्न बहानामा मगर सभ्यता र संस्कृतिमाथि प्रहार गर्ने कार्य गरिरहेको भन्दै त्यसको विरोध गरे ।
‘विभिन्न नाममा राज्य र यसका निकायहरुबाट हामी मगर र मूलबासी आदिवासी जनजाति समुदायको भाषा संस्कृति र सभ्यतामाथि आक्रमणहरु भैरहेको छ,’उनी भन्छन्,‘त्यसको विरोधमा हामी संगठित अझ एकताबद्ध भएर लाग्नुपर्ने बेला आएको छ । संस्कृति र सभ्यता संरक्षणमा अझ चनाखो भएर लाग्नुपर्नेछ ।’ राज्यले फुटाउ र शासन गरको नीति लिएर मगर समुदाय भित्रको केही थरहरुलाई छुट्टै जातिको रुपमा सूचिकृत गर्ने काम गरेको उनको भनाई थियो । ‘राज्यको स्पष्ट नीति फुटाउ र राज गर भन्ने खालको देखिन्छ,’उनी भन्छन्,‘हिजो मगर भित्रै संगठित रहेको छन्त्याल मगर, भुजेल मगरलाई छुट्टै जाति हो भनेर भन्यो, अहिले केही व्यक्तिहरुको उक्साहटमा पुनहरु छुट्टै जात हुन् भन्न थालिएको छ । मगर भित्रको मुख्य थरमध्ये पुन र आले यी दुई वटा थर अरु कुनै पनि जातिसंग मिल्दैन केबल मगर जात मात्रै छन् । यो कुरा हामी सबैलाई बुझ्नुपर्छ ।’
उनले सबै मगरहरुलाई मगर संघमा समाहित हुन आग्रह समेत गरे । ‘हामी फुटेर होईन जुटेर अगाडि बढ्नुपर्छ, आउनुहोस् बरु मगर संघलाई मगर महासंघ बनाऔं, हामी एकतावद्ध भएर मात्रै हाम्रो अधिकार र अस्तीत्वको रक्षा सम्भव छ,’ उनले भने । पुनले संघीयता निर्माण गर्दा बहुमत जनघनत्व रहेको जातिहरुलाई विभाजन गरी संघीयताको मर्म विपरितको कार्य भएको बताए । ‘संघीयता यहाँको नागरिकलाई चाहिएको हो, पहिचान यहाको जातजाति र समुदायलाई चाहिएको हो,’उनले भने,‘नदीनाला र पहाड डाँडाकाँडालाई पहिचान चाहिएको होईन् । अहिले संघीयताको नाममा जे भईरहेको छ गलत भैरहेको छ । यसलाई सच्याउनु जरुरी छ ।’
उनले मुकुमलुङमा स्थानीय आदिवासी जनजातिको सभ्यतामाथि सरकारले एउटा व्यापारी पोस्न अतिक्रमण गर्ने प्रयास गरेको उल्लेख गरे । ‘मुकुमलुङमा जे भइरहेको छ, त्यो गलत भैरहेको छ,’उनले भने,‘हामी विकास विरोधी होईनौं तर आदिवासी सभ्यता र संस्कृतिमाथि आक्रमण गरी हुने विकासको पक्षमा उभिन सकिन्न । यो गलत भैरहेको छ ।’ कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य गणेश थापामगरले मगर समुदायले संगठित हुँदै आफ्नो संस्कार संस्कृतिहरुको संरक्षण र संवद्र्धन गर्दै अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल मगर संघ बागलुङका सल्लाहकार तेजेन्द्र थापामगर, नेकपा एमालेका गण्डकी प्रदेश सदस्य लालबहादुर थापामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगर, नेपाल मगर संघ नगर समिति अध्यक्ष हिराबहादुर थापामगर लगायतले शुभकामनाम मन्तव्य राखेका थिए । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनको अध्यक्षतामा सम्पन्न मूल समारोहमा स्वागत नेपाल मगर संघ जिल्ला सचिवालय सदस्य संगम घर्तीमगर र सञ्चालन सहसचिव रेशम घर्तीमगरले गरेका थिए ।
नेपाल मगर संघ बागलुङको सभा भवनबाट सुरु भएको भेषभुषा र संस्कार संस्कृति सहितको बृहत ¥यालीले बागलुङ बजारको परिक्रमा गरी बागलुङ कालिका मन्दिर परिसरको कालिका बाल उद्यानमा पुगी मूल समारोहमा परिणत भएको थियो ।
लखन कपको उपाधि ए एण्ड ए मार्ट गलकोटलाई
नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले ४३ औं मगर दिवसको अवसरमा आयोजना गरेको लखन कप खुला वडास्तरीय भलिबलको उपाधि ए एण्ड ए मार्ट गलकोटले जितेको छ । गलकोट नरेठाँटीको उक्त टिमले पकुवा भलिबल पर्वत कुस्मालाई सोझो सेटमा पाखा लगाउँदै लखक कप भलिबलको उपाधि जितेको हो । पहिलो सेट २५—२२ ले जितेको नरेठाँटीले दोस्रो २६—२४ ले जित्यो ।
तेस्रो सेटको प्रतिस्पर्धा २१—१९ को स्थीतिमा चलिरहँदा पकुवा भलिबले रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै खेल वाक ओभर दियो । उपाधि नरेठाँटीले जित्यो । उपाधि जितेको नरेठाँटीले नगद ८१ हजार एक सय ८१ रुपैयाँ मेडल ट्रफी र प्रमाणपत्र जितेको छ । दोस्रो स्थानमा चित्त बुझाएको पकुवा भलिबलले नगद ४१ हजार एक सय ४१ रुपैयाँ मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । बिहीबार बिहान भएको सेमिफाईनल खेलमा नरेठाँटीले तंग्राम भलिबल र पकुवा भलिबलले अनुशा एण्ड स्मीत रेष्टुरेन्टलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।
उक्त अवसरमा आयोजना गरिएको पुरुषतर्फ छेलो फाल्ने प्रतियोगितामा दुजिक थापा मगर प्रथम र बलबहादुुर आले द्वितीय भएका छन् । उक्त प्रथम पुरस्कार नगद ८ हजार र द्वितीय पुरस्कार नगद ४ हजार थियो । महिला छेलोतर्फ भिममाया पुन प्रथम र विष्णु पुन द्वितीय भए । महिला तर्फ प्रथम पुरस्कार नगद पाँच हजार र द्वितीय पुरस्कार नगद पच्चीस सय थियो ।
महिलातर्फ रस्साकस्सी प्रतियोगितामा विष्णु पुनको समुह प्रथम र बडिगाड द्वितीय भए । महिला रस्साकस्सी प्रथम पुरस्कार नगद चार हजार र द्वितीय पुरस्कार नगद दुई हजार थियो । पुरुषतर्फ रस्साकस्सीमा भगवती रोड समुह प्रथम र कुलबहादुर रानाको समुह द्वितीय भएका थिए । प्रथम समुहले नगद ५ हजार र द्वितीयले नगद तीन हजार प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com