Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धवलागिरी बहुमुखी क्यामपसमा खस्यो १ हजार ५९ मत

  • ९ महिना अगाडि

बागलुङ , ५ चैत । बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा आज भएको स्ववियु चुनावमा एक हजार उनसाठि  मत खसेको निर्वाचन समितिले जनाएको छ ।

क्याम्पसमा १ हजार ४ सय ७६ मतदाता रहेका थिए । विहान ८ बजेदेखि सुरु भएको मतदान बलेका ४ बजेसम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

मतगणना आज बेलुकाबाट गरिने निर्वाचन अधिकृत गोविन्दराज गौतमले जानकारी दिनुभयो ।

धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) नेतृत्वका लागि पहिलो पटक दुई महिला उम्मेदवार मैदानमा उत्रिएका छन् ।

स्ववियु निर्वाचनमा अध्यक्ष पदको लागि अखिल संयुक्त प्यानलबाट अनेरास्ववियुकी आश्मिन शेख र नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट सृष्टि आचार्यले उम्मेदवारी दिनुभएको हो । कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको हो भने एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनेको हो ।

अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले गतशुक्रबार उम्मेदवारी फिर्ता लिएको र नेविसंघकी उम्मेदवार आचार्यलाई समर्थन गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको थियो । सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि क्याम्पसमा पहिलो पटक छात्रा अर्थात् महिला स्ववियु सभापति पाउने अवस्था पनि बनेको छ ।

नेविसंघले हालकी कोषाध्यक्ष सृष्टी आचार्यलाई उमेदवार बनाएको होभने अखिल संयुक्तबाट हालकी सदस्य तथा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य आश्मिन शेखलाई उमेदवार बनाएको छ । दुवैजना स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com