बागलुङ । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा महिलाको नेतृत्व पाएको छ ।
अखिल संयुक्त प्यानलको तर्फ देखि आश्मिन शेखले ५५२ शेख मत प्राप्त गरेर विजयी भएकी छन् भने ने वि संघकि सृष्टि आचार्यले ४९१ मत प्राप्त गरेकी हुन् । स्ववियु चुनावमा १०५९ मत खसेको निर्वाचन अधिकृत गोविन्दराज गौतमले जानकारी दिए।
स्ववियुको सचिव र कोषाध्यक्षमा नेवि संघका सचिन हरिजन ५३४ मत र विशाल थापा ६५४ मत प्राप्त गरी विजयी भएका छन् । अखिल संयुक्त प्यानलका उम्मेदवार रुद्र वहादुर पुनले ५०९ र रेशा शर्माले ३८४ मत प्राप्त गरे । सदस्यहरुमा अखिल संयुक्त प्यानलको तर्फबाट विकल्प घर्ति मगर मात्रै विजयी भएका छन् । उनले ५६४ मत प्राप्त गरे । अन्य सवै सदस्यहरुमा नेवि संघका उम्मेदवार विजयी भए । नेवि संघका प्रशान्त सुवेदीले ६१२, दीपसागर सुवेदीले ६११, सुदिप घर्तिले ५५८, सृष्टि घर्तिले ५४३, सुवासवावु घर्तिले ५२२, सेमन्त शर्माले ५१८ र शुभम राजभण्डारीले ४९६ मत प्राप्त गरी विजयी भएका छन् ।
उनले महिला अध्यक्ष सहित नयाँ इतिहास रचेकी छन् ।
हेर्नुहोस् उम्मेदवारले प्राप्त गरेको अंक :