बागलुङ ९ चैत । धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र (डिसिआरडिसी ) बागलुङको २९ औं साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवं संस्थाका सल्लाहकार कृष्णराज गौतमले कार्यक्रमलाई संबोधन गर्दै पहिलाको समय भन्दा अहिले बिकास भएको बताउनुभयो । उहाँले संस्थाले गाउँका मान्छेहरु पानी नपाउनु पर्ने स्थितिलाइ चिरेर अहिले विकास गरेकाे बताउनुभयो ।
अहिले गर्ने सरकारका काम पहिले गैरसरकारी संघ संस्थाले गर्ने गरेको बताउनुभयो ।
अब गरिने काम गर्न सजिलो नहुने बताउँदै उहाँले बिदेशी सहयोगले गर्दा चलेका संस्थाहरू बन्द हुने संकेत गर्दै उहाँले अप्ठ्यारो परिस्थितिलाई सामना गरेर लड्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष चन्द्रमणी उपाध्याले विगतका वर्षदेखि राम्रो काम गर्दै आएकोमा संस्थाको प्रशंसा गर्नु भएको हो ।
गैरसरकारी संघ संस्थाका अध्यक्ष मुक्तिराम सापकोटाले संस्थाले समुदायसँग सहकार्य काम गरेको बताउनुभयो । उहाँ समुदाय सँग सहकार्य गर्दा सजिलो बताउँदै समुदायमा नै काम गर्नुपर्नेमा जोड दिनुभयो । ।
संस्थाका सल्लाहकार डा शुदर्सन सिलवालले यस संस्थाले पहिलाको समयमा परिणातमक र अहिले गुणात्मक रुपमा काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
संस्थाको प्रगती प्रतिवेदन सचिव भिमसेन पन्त र कोषाध्यक्ष सुस्मिता किसामले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा सम्मनित ७० वर्षिय राम बहादुर अधिकारी र ज्ञानेन्द्र गौतमलाई सम्मान गरिएको हो ।
कार्यक्रममा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र (डिसिआरडिसी )का अध्यक्ष सृजना थापाकाे अध्यक्षता र संस्थाका सचिव भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको हो ।