बागलुङ , १२ चैत । बागलुङको कालिका भगवती मन्दिरमा चैत्राष्टमी मेला तथा धार्मिक महोत्सव हुने भएको छ ।
चैत्राष्टमी मेला चैत २० गते देखि २५ गते सम्म हुने छ भने चैत्र २० र २१ गते धार्मिक महोत्सव हुने कालिका भगवती गुठि व्ययवस्थापन समितिले जनाएको छ ।
चैत्राष्टमी ,मेलामा कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने भएको छ । कालिका कप खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने समितिका अध्यक्ष कुमार खड्काले बताए ।
पुरुष भलिवको बिजेतालाई नगद २ लाख ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद १ लाख ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडिलाई नगद ५ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष खड्काले बताए ।
प्रतियोगिताबाट बिजेतालाई नगद ८० हजार ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद ४० हजार ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद १ं० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए । प्रतियोगिता बाल उद्यानमा हुने खड्काले जानकारी दिए ।
यस्तै चैते दशैको अवसरमा छेलो प्रतियोगिता दोहोरी गीत प्रतियोगिता ,राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छभने भजनको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
