बागलुङ, १६ चैत । बागलुङका पत्रकारले विरोधसभा गरेका छन् ।
प्रेस तथा स्वतन्त्रताको रक्षा र पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै विरोधमा उत्रिएका हुन् ।
७० औँ स्थापना दिवसको अवसरका कार्यक्रम स्थगित गरेर जिल्लाका पत्रकारले लोकतान्त्रिक चोकमा प्रदर्शनमा उत्रिएको हो ।
शुक्रबार राजावादीहरुले काठमाण्डाेँमा आयोजना गरेको आन्दोलनका क्रममा पत्रकारको आगजनी गरेर हत्या भएको पत्रकार महासंघको ठहर छ ।
पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयबाट विरोधका प्लेकार्ड सहित ¥याली बजार परिकर्मा गरेर लोकतान्त्रिक चोकमा विरोधसभा आयोजना गरिएको छ ।
सभामा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतम, प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, प्रगतिशिल पत्रकार संघका केन्द्रीय सचिव तारा प्रसाद शर्मा लगायतले पत्रकारको क्रुर हत्या र सञ्चार गृहमाथि भएको तोडफोडको घोर भत्सना गरेका थिए ।
स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।
विरोधसभा कार्यक्रमको पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले सञ्चालन गर्नुभएको थियो ।