बागलुङ, १७ चैत । सामुदायिक वनमा आगो लगाएको आरोपमा १ जनालाइ जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं। ४ हुन्द्राको सरादी सामुदायिक वनमा आगलागी गरेको आरोपमा प्रहरीले सोही स्थानका ४( बर्षीय ढाल बहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो।
उहाँका अनुसार सार्कीले शुक्रबार बारीमा आगो लगाउने क्रममा उक्त आगो सल्किई सरादी सामुदायिक वन, नीजि घर तथा पशु चौपाय बाध्ने गोठ र खानेपानीको पाईप जलेर क्षती भएको छ ।
सार्कीलाई आईतबार जिल्ला अदालत बागलुङबाट आपराधिक उपद्वव गर्न नहुने कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी यादवले बताउनुभयो ।
