बागलुङ, १९ चैत । बागलुङ उद्योग वाणिज्य संघ बागलुङको १९ औँ अधिवेशनबाट निर्वाचितलाई पदस्थापन गरिएको छ । आज शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरिएको हो ।
कार्यक्रमको समापनमा बोल्दै केन्द्रिय सदस्य कल्पना गैरेले जिल्लामा गर्नुपर्ने जुनकुनै पनि सहयोग केन्द्रले गर्ने प्रतिवद्द्ता जनाउनुभएको हो । उहाँले चुनाव लोकतान्त्रिक पद्धति हो त्यसलाई सहयोग गर्नुपर्छ र सबै व्यवसायी मिलेर जानुपर्ने बताउँदै उहाँले व्यवसायीहरूको हकहितका लागि काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयराम भारी ,धुर्वराज गौतम, केन्द्रिय सदस्य एवम् पूर्वअध्यक्ष युवराज राजभण्डारी, गण्डकी प्रदेश सदस्य दयाराम पौडेल , निवर्तमान अध्यक्ष नरेश कँडेल र नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उहाँहरुले व्यवसायीहरूको हकहितका लागि काम गर्नुपर्नेमा उहाँहरू जोडदिनु भएको हो ।। स्थानिय तहबाट सहकार्य गरेर काम गरिरहेको र निरन्तरता दिनुपर्ने बताउनुभयो । पदमा बसेर मात्र काम गर्नु भन्दा पद बाहिरबाट गर्नु ठूलो रहेको उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजन शाक्यले धन्यवाद व्यक्त गर्दै उहाँले देशमा अवसरमा छ त्यसलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँ काम गर्नका लागी सीपलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । पर्यटन प्रवद्र्धन गर्ने, युवा लक्षित कार्यक्रम गर्ने , कोसेलीघरलाई व्यस्थित गरेर सञ्चालन गर्ने र व्यवसायीको हकहितका निम्ति काम गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भुमिश्वर गौतमको अध्यक्षता स्वागत अधिवक्ता राजु प्रसाद गौतम र निवर्तमान अध्यक्ष नरेश कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
संघको १९औ महाधिवेशनबाट अध्यक्षमा राजन कुमार शाक्य निर्वाचित हुनुभएको थियो भने संघको महिला सदस्यतर्फ कमला पराजुली, सविता आचार्य र सिर्जना राजभण्डारी विजयी हुनुभएको हो ।
उद्योग सदस्यतर्फ राम प्रसाद शर्माले र चुडामणि सापकोटा विजयी हुनुभएको हो ।
खुल्ला सदस्यमा ऋषिराम गौतम ,अर्जुन प्रसाद कँडेल , अकिल बहादुर क्षेत्री ‘ध्रर्व’ , नविन कुमार श्रेष्ठ , इन्द्रमणी पौडेल ‘अर्जुन’, चन्द्रराज रेग्मी , मनिष राजभण्डारी , दिपक हमाल , सुदिप सागर कँडेल , श्रीजय श्रेष्ठ, बद्री ढुंगाना ‘दाह्री’, उमेश केसी र राजु गौतम विजयी हुनुभएको थियो ।
निर्वाचन अधिकृत वरिष्ठ अधिवक्त भुमिश्वर गौतम र निवर्तमान अध्यक्ष नरेश कँडेलले नयाँ कार्यसमितीलाई पदस्थापन र शपथ ग्रहण गराउनुभएको हो ।