बागलुङ, २० चैत । बागलुङ कालिका भगवति मन्दिर गुठि व्यवस्थापन समितीको आयोजनामा आज २० गते देखि २५ गते सम्म चैत्राष्टमी मेला हुँदै छ ।
मेलाको उद्धाटन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री आउनुहुने आयोजकले जनाएको छ ।
चैत्राष्टमी मेलामा चैत २० गते देखि २५ गते सम्म हुने छ भने चैत्र २० र २१ गते धार्मिक महोत्सव हुने कालिका भगवती गुठि व्ययवस्थापन समितिले जनाएको छ ।
चैत्राष्टमी ,मेलामा कालिका कप खुल्ला पालिकास्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने भएको छ । कालिका कप खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता चैत २० गतेदेखि २५ गते सम्म हुने समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
पुरुष भलिवको बिजेतालाई नगद २ लाख ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद १ लाख ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडिलाई नगद ५ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगिताबाट बिजेतालाई नगद ८० हजार ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद ४० हजार ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद १ं० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता कालिका बाल उद्यानमा हुनेअध्यक्ष खड्काले जानकारी दिनुभयो ।
यस्तै चैते दशैको अवसरमा छेलो प्रतियोगिता दोहोरी गीत प्रतियोगिता ,राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छभने भजनको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
मेलाका लागि विभिन्न क्षेत्रको सहयोगमा ५५ लाख खर्च हुने अनुमान छभने मेला अवधिभर पाँच लाख आन्तरिक तथा बाह्र्य पर्यटक भित्राउने लक्ष्य राखिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
