बागलुङ, २ बैशाख । विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा मार्गदर्शन प्रदान गर्ने उदेश्यले शैक्षिक परामर्श सेवामा क्रियाशील संस्था काठमाडौँ इन्फोसी एजुकेशनल कन्सल्टेन्सी (केआइइसी)ले बागलुङमा शाखा कार्यालयको शुभारम्भ गरेको छ ।
शाखाको शुभारम्भ गर्दै संस्थाका केन्द्रिय प्रतिनिधि सुमन भण्डारीले केआइइसीले विगत १८ वर्षदेखि क्यानडा, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, फ्रान्स, आयरल्यान्ड, युके, जर्मनी, न्यूजिल्यान्डलगायत देशहरूमा विद्यार्थीहरू पठाउँदै आएको र बागलुङबाट पनि गुणस्तरीय सेवा प्रदान गर्ने बताए ।
बागलुङका विद्यार्थीहरूका लागि केआइइसीले अवसरको ढोका खोल्ने विश्वास व्यक्त गर्दै भण्डारीले विदेश अध्ययनको सपना देख्ने विद्यार्थीहरूका लागि अब राजधानी जानु पर्ने बाध्यताको अन्त्य भएको बताए ।
जलजला गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष हरि विकास जिसीले यस्ता संस्थाहरूको उपस्थितिले गाउँस्तरसम्म शैक्षिक अवसरहरू पुर्याउने कार्यमा सहयोग पुग्ने बताए।
केआइइसीले क्यानडा, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, आयरल्यान्ड, बेलायत, जर्मनी, जापान, दक्षिण कोरिया, न्यूजिल्यान्ड लगायत अन्य मुलुकहरूमा अध्ययनको लागि इच्छुक विद्यार्थीहरूलाई आवश्यक परामर्श सेवा, भिषा प्रक्रिया, अभिमुखीकरण कार्यक्रम गर्ने जनाईएको छ ।
कार्यक्रम सन्तोष पौडेलको अध्यक्षता, प्रिया बोहोराको स्वागत र संचालन सञ्चारकर्मी कृष्ण संयोगले गरेका थिए