बागलुङ १२ असार । बागलुङ नगरपालिका ९ तित्याङका टेक बहादुर खत्री एब्डोमिनल क्यान्सरबाट ग्रसित हुनुभएको छ । उपचारका लागि उहाँकी श्रीमती सरस्वती खत्रीले अहिले भारत स्थित गान्दि क्यान्सर अस्पतालमा उपचारको क्रममा रहेको बताउँदै उपचारका लागि सहयोगको याचना गर्नुभएको हो ।
खत्रीले आफ्नो श्रीमानको उपचारको लागि आर्थिक घर परिवारको १८देखि २० लाख सकियको बताउँदैे उपचारका लागि सहयोगको याचना गर्नुपरेकोे छ ।
भारतमा कर्मथलो बनाउँदै आउनुभएको खत्री गत कार्तिक देखि पेटमा समस्या आएको र जाँच गराउनका लागि पोखराका अस्पताल र भरतपुरको क्यान्सर अस्पतालङमा जाँच गराउदा उक्त रोग देखिएको हो खत्रीले भन्नुभयो” ।
खत्रीको उपचारका लागि अनुमानित ६० लाख खर्च हुने आर्थिक संकलन संयोजक हरि बहादुर खत्रीले बताउनुभयो ।
सहयोगको याचना गर्दै खत्रीले आफ्नो श्रीमानको उपचारकालागि एस वि आई बैक बागलुङकाे १९७१५२४१४०७३२० खाता नम्बरमा सहयोग गरिदिनुहुन अपिल गर्नुभयो ।














