बागलुङ, १८ असार । एडियु जोन एकजुकेशन एण्ड भिषा सेन्टरले बागलुङको बुर्तिबाङमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
मंगलबार उक्त शाखाको उद्घाटन ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालले गर्नु भएको हो ।
शाखाको उद्घाटनपछि बोल्दै अध्यक्ष छन्त्यालले पछिल्लो समय वैदशिक रोजगारी तथा अध्ययनमा जाने युवाहरुको संख्या बढ्दै गएको बताउनुभयो । पश्चिम बागलुङमा अहिलेसम्म व्यवस्थित भाषा पढाउने ठाउँ नहुँदा यहाँका धेरै युवाहरु पोखरा, काठमाडौँ, बुटवल लगायतका ठाउँमा पुगेर लाखौँ खर्च गर्नु बाध्य रहेको उहाँको भनाइ छ ।
एडियु जोनले अब बुर्तिबाङ भाषा कक्षा संचालन गरेपछि सामान्य आर्थिक अवस्था भएकहरुले पनि सहजै पढ्न सक्ने अपेक्षा लिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । एडियु जोडले व्यवसायसँगै यस क्षेत्रका नागरिकका लागि सेवासमेत गर्न विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘अहिलेसम्म बुर्तिबाङमा गतिलो भाषा पढ्ने ठाउँ थिएन, यो संस्थाले अब यस क्षेत्रका युवालाई भाषामा दक्ष बनाउने छ, अध्ययन गर्न होस् या रोजगारीका लागि विदेश जाने सबैलाई यसले महत्वपूर्ण टेवा पु¥याउने छ, बुर्तिबाङमा भाषा कक्षा संचालन हुनु यस क्षेत्रकै लागि गौरवको कुरा हो, अब यहाँबाट लाखौँ खर्च गरेर बाहिर गएर पढ्नु पर्ने छैन ।”
एडियु जोनका अध्यक्ष दिल मास्की रानाले बुर्तिबाङ क्षेत्रमा एउटा भाषा सेन्टर आवश्यक रहेको हुँदा आफूहरुले यहाँ संचालन गरेको बताउनुभयो । यस क्षेत्रमा एडियु जोडलाई स्थापित गर्नका लागि यहाँका नागरिकले सहयोग गर्ने अपेक्षा लिएको भाषा पढ्नेलाई दक्ष बनाउने जिम्मो आफूहरुको रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा ढोरपाटन उद्योग वाणिज्य संघका महासचिव ज्ञानप्रसाद कँडेल लगायतले बोल्नु भएको थियो । एडियु जोनका अध्यक्ष दिल मास्की रानाको अध्यक्षता र पत्रकार महासंघ बागलुङका सहसचिव डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो । बुर्तिबाङमा एडियु जोनको पाँचौँ शाखाको हो । बागलुङमा केन्द्रीय कार्यालय रहेर पर्वत, म्याग्दीमा पनि एडियु जोनले भाषा कक्षा संचालन गर्दै आएको छ ।














