Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, २५ असार । नेपाल पत्रकार महासंघ बागलुङले आफ्नो २५ औँ स्थापना दिवशको अवसरमा रजत जयन्ती मनाएकाे छ ।
रजत जयन्ती कार्यक्रमको उद्धाटन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माले पछिल्लो समय पत्रकारितमा आउने नयाँ पुस्ता तालिम बिना आउने गरेकोमा दुख व्यक्त गरिन उनले पत्रकार महासंघले युवालाई पत्रकारितामा जोड्नका लागि तालिम प्रदान गर्नुपर्ने बताइन् । व्यावसयिक पत्रकारिता गरेमा समाजमा प्रश्न नउठ्ने र पत्रकारले सत्य र तथ्य समाचार समाजमा ल्याउन पत्रकारले भुमिका खेल्न आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, जिल्ला समन्वय समिति प्रमुख अमर बहादुर थापा, पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका अध्यक्ष रमेश पौडेल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका महासचिव एवम् न्युनतम पारिश्रमिक निर्धारण समिति सदस्य जमुना शर्मा (वर्षा), नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाल प्रेस युनियम बागलुङका अध्यक्ष संगम घर्ती मगर नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष दिल श्रीस र हरिलक्ष्मी(नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारका संरक्षक तिर्थप्रसाद श्रेष्ठलेशुभकामना मन्तव्य राखेका थिए । उनिहरुले पछिल्लो समय पत्रकारितामा प्रश्न गर्दै ठेकदारले पत्रकारिता गर्ने र पत्रकारले ठेकदारी गर्ने गरेको बताए । उनिहरुले आवश्यक परेमा सरकारी निकायबाट सहयोग हुने बताए ।

 

कार्यक्रम नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार र हरिलक्ष्मी(नारायण प्रसाद स्मृति पत्रकारिता समर्पण तथा सम्मान गरेको छ ।

हरिलक्ष्मी(नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार किरण आचार्य , कोपिला कँडेल , दिल शिरिस, सुवाश आचार्य सम्मानित भएका थिए भने नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार स्मृति पत्रकारिता पुरस्कार तारानाथ आचार्य र प्रकाश बराल सम्मान गरिएकाे नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले जानकारी दिए  ।

उनिहरुलाई दोसल्ला ,सम्मान पत्र र  २० /२० हजारकाले पुरस्कृत गरिएको सचिव रिजाल बताए।

 

कार्यक्रममा महासंघको निरन्तर प्रगतिकोलागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुर्वअध्यक्ष सम्मान गरिएकाे  थियाे ।

सम्मनित हुनेमा पुर्वअध्यक्ष हरिनारायण गौतम , रामबहादुर जिसी, राजेशचन्द्रराज भण्डारी , मुकेशचन्द्र राजभन्डारी, दिल श्रीस र नरेश कँडेल सम्मनित भएका थिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा (अविरल)को अध्यक्षता उपाध्यक्ष सृजना पन्त  स्वागत र सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com