Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • नेपाल सञ्चार
  • १० महिना अगाडि

बागलुङ , २२ मंसिर । बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा उक्त प्रतियोगिता सुरु भएका हो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य र खेलकुदमा नगरपाकिलाले ठूलो लगानी गरेको बताए । । उनले खेल स्वास्थ्यका लागि मात्रै नभएर अनुशासनका लागि समेत महत्वपूर्ण रहेको बताउदै मंसिर महिना खेलकुदमय बनेको बताउनुभयो ।

उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले स्थानीय तहमा खेलकूदका गतिवीधी बढेको बताउनुभयो ।

कार्यक्रम चिल्ड्रेनलाईफ बोडिङ स्कुकलका प्रिन्सिपल नवराज श्रेष्ठ, नगर बाल सञ्जालका अध्यक्ष अनुस्का कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितमा सामुदायिक र संस्थागत गरी ४१ विद्यालयका विद्यार्थीको सहभागीता रहनेछ ।

कार्यक्रम बागलुङ बजारबाट र्याली सहित बाङ्गेचौर खेल मैदानमा पुगेर मार्चपास पछि शुरु भएको थियो । कार्यक्रममा फ्युचर बोर्डिङ स्कूल, सनराइज आवासीय माध्यामिक विद्यालय र तेक्वान्दो संघ बागलुङले कला संस्कृति झल्काउने नृत्य, झाकी तथा कला प्रस्तुत गरेका थिए ।

कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षता, बानपा–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको स्वागत  र नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलको स्वागतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com