बागलुङ, २९ माघ । बागलुङमा स्कुल भ्यान घाईते चालक सहित २६ जना जना घाईते भएका छन् ।
घाईते मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए। घाइतेको नाम नखुलेको प्रनाउ पाण्डेले जानकारी दिए ।
बागलुङ नगरपालिका–१ रामरोखास्थित न्यू एभरेष्ट एकेडेमीको ग.३ च ८६२१ नं.को भ्यान दिउँसो साढे चार बजे दुर्घटनामा परेको थियो । गम्भीर दुर्घटनबारे विस्तृत विवरण आउन बाँकी छ ।
गाडि आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।













